फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोबारे पत्रकार सम्मेलन

(GMT+08:00) 2018-10-29 15:23:59

चिनियाँ वाणिज्य मन्त्रालयले २९ तारिख पत्रकार सम्मेलनको आयोजना गरी प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको उउद्घाटन समारोहमा राष्ट्राध्यक्ष सी चिनफिङ सहभागी हुनुहुने जानकारी दिएको छ।

वाणिज्य मन्त्रालयका अन्तर्राष्ट्रिय व्यापार वार्ताका प्रतिनिधि एवम् उपमन्त्री फु च यिङले दिनुभएको जानकारीअनुसार, प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर ५ तारिखदेखि १०सम्म शाङ्गहाईमा आयोजना हुनेछ। राष्ट्राध्यक्ष सीले एक्स्पोको उद्घाटन समारोहमा सहभागिता जनाउनुहुनेछ। सो अवसरमा लगभग एक सय पचास मुलुक तथा क्षेत्रका राष्ट्रनायक, उद्योग तथा वाणिज्य क्षेत्रका गण्यमाण्य व्यक्ति र अन्तर्राष्ट्रिय संस्थाका जिम्मेवार व्यक्तिहरुले पनि समारोहमा भाग लिनेछन्। ४ तारिख राष्ट्राध्यक्ष सीले स्वागत भोजनको आयोजना गर्नुहुनेछ। ५ तारिख बिहान राष्ट्राध्यक्ष सीले उद्घाटन समारोहमा सहभागी भएर सम्बोधन गर्नुका साथै अरु राष्ट्रनायकहरुसँग राष्ट्रिय भवनको अवलोकन भ्रमण गर्नुहुनेछ। एक्स्पोको अवसरमा उहाँले केही देशका राष्ट्रनायकसँग भेट-वार्ता गर्नुहुने जनाइएको छ।

चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो विश्वमा पहिलो आयात सम्बन्धी प्रदर्शनी हो। त्यसअन्तरिक्त राष्ट्रिय व्यापार तथा लगानी प्रदर्शनी तथा व्यवसाय प्रदर्शनी लगायत प्रदर्शनी र हुङछ्याउ अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा व्यापार मञ्च समेटिएका छन्। त्यसमध्ये राष्ट्रिय व्यापार तथा लगानी प्रदर्शनीमा कुल ८२ मुलुक र ३ अन्तर्राष्ट्रिय संस्थाले राष्ट्रिय छाप, आर्थिक तथा व्यापारिक उपलब्धि र विशेषतायुक्त तथा श्रेष्ठ सामानको प्रदर्शन गर्नेछन्। क्षेत्रफल २ लाख ७० हजार वर्गमिटर पुगेको व्यवसाय प्रदर्शनीमा करिब ३ हजार व्यवसायहरुले भाग लिएका छन्।

चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोले अर्थतन्त्रको विश्वव्यापीकरणलाई घच्घच्याउन योगदान दिने, विभिन्न देशबीच आर्थिक तथा व्यापारिक सहयोगलाई गहन पार्न शर्तको सिर्जना गर्ने, जनताको सुखमय जीवनको मागलाई पूरा पार्न मञ्चलाई व्यापक पार्ने र चीनको सुधार तथा खुलापनलाई जैविक शक्ति थप्ने विश्वास उपमन्त्री फुले गर्नुभयो।

जानकारी तथा लेखहरु