फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी राष्ट्रनायकको नामावली

(GMT+08:00) 2018-10-29 18:44:41

प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर ५ तारिखदेखि १०सम्म शाङ्गहाईमा आयोजना हुनेछ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले दिनुभएको जानकारीअनुसार, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा चेकका राष्ट्रपति मिलोस जेमान, क्युबा राज्य परिषदका अध्यक्ष डियाज कानेल, डोमिनिकका राष्ट्रपति डानिलो मेडिना लगायतले चीनको भ्रमण गर्नुहुनेछ।

त्यसैगरी केन्याका राष्ट्रपति उहुरु केन्यट्टा, लिथुआनियाका राष्ट्रपति डलिया ग्रेबउस्काइते, पनामाका राष्ट्रपति जुआन कार्लोस भारेला, साल्वाडोरका राष्ट्रपति सान्चेज, स्वीजल्याण्डका राष्ट्राध्यक्ष आल्यान बेर्सेट, कुक टापुहरूका प्रधानमन्त्री हेनरी पुना, क्रोएशियाका प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिच, इजिप्टका प्रधानमन्त्री मोस्तफा म्याड्बौली, हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान, जर्जियाका प्रधानमन्त्री मामुका बाख्ताडेज, लाओसका प्रधानमन्त्री थोङलौन सिसौलिथ, माल्टाका प्रधानमन्त्री जोसेफ मस्काट, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, रुसका प्रधानमन्त्री दिमित्री मेद्भेदेभ, भियत्नामका प्रधानमन्त्री गुयेन स्युआन फुचले एक्स्पोमा सहभागिता जनाउनुहुने निश्चित भएको छ।

जानकारी तथा लेखहरु