फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पो खुलापनको विस्तारः अमेरिकी विद्वान

(GMT+08:00) 2018-10-31 15:21:25

प्रथम चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर ५ देखि-१० तारिखसम्म शाङहाईमा आयोजना हुनेछ। हालसम्म यस एक्स्पोमा भाग लिन विश्वका १३० वटा मुलुकका ३००० वटा व्यवसायहरूले निश्चित गरिसकेका छन् तीमध्ये विश्वका ५०० वटा अग्र व्यवसायमध्येका २०० वटा समावेश भइसकेका छन्। हालै सो एक्स्पोप्रति अपेक्षा देखाउँदै धेरै अमेरिकी विद्वानहरूले यो नै चीनमा खुलापन विस्तार तथा ठूलो मुलुकको जिम्मेवारीको विस्तृत प्रतीक भएको विचार व्यक्त गरेका छन्।

चीन मामिला सम्बन्धी अमेरिकी विशेषज्ञ रबर्ट खुह्नले आयात एक्स्पोबाट विश्वलाई चीन खुलापनको विस्तार गर्ने सकारात्मक संकेत दिइएको ठहर गर्दै चीनको व्यवहारिक कदमले विश्वको व्यापारिक सन्तुलनको स्वस्थ विकासलाइ सबल पारिरहेको औंल्याएका छन्।

हावर्ड केनेडी स्कूलका प्राध्यापक विलियम अभर्होलले चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोबाटै विश्वका विभिन्न मुलुकहरूबीच व्यापारिक तथा आर्थिक आदानप्रदानको लागि नयाँ फल्याटफर्म खडा गरिने र दीर्घकालीन दृष्टिकोणबाट हेर्दा यो मञ्चको निकै अर्थ रहेको विचार प्रकट गरेका छन्।

जानकारी तथा लेखहरु