फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानी प्रधानमन्त्री भोलिदेखि चीन भ्रमणमा

(GMT+08:00) 2018-11-01 16:06:41
पाकिस्तानी प्रधानमन्त्री इम्रान खानले नोभेम्बर २ देखि ५ तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ। भ्रमणताका उहाँले शाङहाईमा आयोजना हुने पहिलो चीन आयात एक्सपोमा भाग लिनुहुने छ। अक्टोबर ३१ तारिख इम्रान खानले प्रधानमन्त्री भवनमा चिनियाँ संचारमाध्यमसँगको अन्तर्वार्तामा आफ्नो भ्रमणमा चिनियाँ नेतागणसँग भ्रष्टाचार विरोधी तथा गरिबी निवारण क्षेत्रमा प्राप्त अनुभव सिक्नुहुने बताउनुभएको छ। चीनको द्रूत विकासबाट लाभान्वित हुनुका साथै आफूले चीन आयात एक्स्पोप्रति पनि ठूलो अपेक्षा लिएको व्यक्त गर्नुभएको छ।

पाकिस्तानी प्रधानमन्त्री इम्रान खानले ७६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गरी चीन आयात एक्स्पोमा भाग लिनुहुने छ। सो एक्स्पोमा ११ वटा पाकिस्तानी व्यवसायले भाग लिनुका साथै अन्य ५० वटा पाकिस्तानी व्यवसायहरूले चिनियाँ व्यवसायहरूसँग माग आपूर्ति जोड्ने कार्यक्रममा पनि भाग लिने छन्। प्रधानमन्त्री इम्रान खानले एक्स्पोमा पाकिस्तानी पक्षले आफ्नो श्रेष्ठता भएका उत्पादित वस्तु देखाउँदै आपसी व्यापारलाई सन्तुलित पार्ने इच्छा व्यक्त गर्नुभयो।

व्यापारको विश्वव्यापीकरणबारे चर्चा गर्दै प्रधानमन्त्री इम्रान खानले पाकिस्तानले विश्वव्यापीकरणको समर्थन दिँदै व्यवहारिक तथा प्रभावकारी सुधारका कदम चालेर विश्वव्यापीकरणको प्रतिस्पर्धामा सक्रियताका साथ भाग लिने जनाउनुभयो।

जानकारी तथा लेखहरु