फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रथम चीन आयात एक्स्पोको उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण हुने

(GMT+08:00) 2018-11-02 16:58:49

प्रथम चीन आयात एक्स्पो नोभेम्बर ५ देखि १० तारिखसम्म शाङ्हाईमा आयोजना हुनेछ। विश्वका लगभग १५० वटा मुलुक तथा क्षेत्रका राजनीतिज्ञ, वाणिज्य तथा व्यापार क्षेत्रका व्यक्तित्व एवम् अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिले सो एक्स्पोमा भाग लिने छन्।

नोभेम्बर ५ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो एक्स्पोको उद्धाटन समारोमा सम्बोधन गर्नुहुने कार्यक्रम छ। साथै उहाँले चिनियाँ तथा विदेशी नेताहरूसँगै राष्ट्रिय मण्डपको भ्रमण पनि गर्नुहुने छ।

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले अंग्रेजी, जापानी, इन्डोनेशियाली, जर्मनी भाषामा उद्धाटन समारोहको प्रत्यक्ष प्रसारण गर्ने छ। साथै सामाजिक सञ्जालहरूमा चिनियाँ, अँग्रेजी र नेपाली लगायत ४४ किसिमका भाषामार्फत् निरन्तर रूपमा अपडेट गरिनेछ।

जानकारी तथा लेखहरु