फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको आयोजना सम्बन्धि टिप्पणी

(GMT+08:00) 2018-11-04 15:25:59
चिनियाँ केन्द्रीय टेलिभिजन (सी.सी.टी.भी.)को वेभसाइटमा नोभेम्बर ४ तारिख पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको आयोजना सम्बन्धी 'चीनको विकास विश्वका लागि अवसर' शीर्षकमा टिप्पणी लेख प्रकाशित भएको छ।

सो लेखमा भनिएको छः नभेम्बर ५ तारिख पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको आयोजना शाङहाईमा हुँदैछ। विश्वका विभिन्न ठाँउबाट तीन हजारवटा व्यवसायहरूले सो एक्स्पोमा भाग लिनुका साथै १५० वटा मुलुक तथा क्षेत्रका राजनीतिक तथा व्यापारिक व्यक्तित्व एवं अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्ति पनि उपस्थिति हुनुहुनेछ। उहाँहरूले भेला भएर सहयोग तथा विकास लक्षित विश्वको व्यापारको उज्ज्वल भविष्य कोर्ने विषयमा गहन छलफल गर्नुहुनेछ।

टिप्पणी लेखमा अगाडि भनिएको छः चीन नै आर्थिक विश्वव्यापीकरणबाट लाभान्वित पक्ष मात्र होइन योगदान दिने पक्ष पनि हो। चिनियाँ अर्थतन्त्रको द्रुत बृद्धिले विश्वको अर्थतन्त्रलाई अघि बढाउने मुख्य इन्जिन र स्थिर पार्ने एङ्कर बनिसकेको छ। खुला तथा साझा बिजयी प्राप्त सहयोग मोडल तथा निष्पक्ष र न्यायोजित अन्तर्राष्ट्रिय परिपाटीको विस्तार गर्न चीन प्रयासरत रहिरहेको छ। चीनको प्रयासबाट आर्थिक विश्वव्यापीकरणको विकासको सन्तुलनको प्रवर्द्धन भइरहेको छ। चीनले विश्वबाट विकासको शक्ति लिन्छ भने आफ्नो विकासबाट पाउने फाइदा तथा लाभ विश्वसम्म फैलाउँदै छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले धेरै पटक पुष्टि गर्नुभएको छ कि चिनियाँ जनताले खुला अँगालोमा विभिन्न मुलुकका मानिसहरू चीनको विकासको हाइस्पिड रेल अथवा सुविधाजनक गाडीमा चढ्न स्वागत गर्छन्। अन्तर्राष्ट्रिय आयात एक्स्पोको आयोजनामार्फत आफ्नै कार्वाहीबाट के देखाइन्छ भने स्वतन्त्र व्यापार र खुलस्त विकासलाई अघि बढाउने अठोट चीनले लिएको छ र चीनको विकास नै विश्वको अवसर भन्न सकिन्छ। विभिन्न मुलुकले यस भव्य भेलाको अवसर पारी व्यापक आदानप्रदान गरेर हितयुक्त साझा बिजयी प्राप्त गरेर आर्थिक विश्वव्यापीकरणलाई साझा बिजयीको आधारमा अझ खुलस्त, सहिष्णुपूर्ण, व्यापक पक्षलाई लाभान्वित र सन्तुलित दिशातिर लैजाने आशा गर्दछौँ। एउटा दीर्घकालीन शान्ति, सुरक्षित, संयुक्त समृद्ध, खुलस्त तथा सहिष्णुपूर्ण सफा सुन्दर संसारको निर्माण गर्न अघि बढाऔँ।

जानकारी तथा लेखहरु