फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष तथा केन्याका राष्ट्रपति बीच भेटघाट

(GMT+08:00) 2018-11-04 19:49:31
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर ४ तारिख केन्याका राष्ट्रपति उरूहु केन्याटासँग भेटघाट गर्नुभएको छ।

भेटमा राष्ट्राध्यक्ष सीले चीनले केन्याबाट आयातको विस्तार गर्नको लागि केन्यामा उत्पादित वस्तुहरूको मूल्य तथा प्रतिस्पर्धात्मक क्षमतालाई बढाउन सहयोग दिने इच्छा लिएको बताउनुभएको छ। केन्यासँगै मिलेर केन्याको ध्यानाकर्षणमा रहेको रेलमार्ग निर्माण परियोजनाको सम्भाव्यता अध्ययन गर्न इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले प्रकाश पार्नुभएको छ। दुवै पक्षले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिला सम्बन्धी सम्पर्क तथा सहयोगलाई घनिष्ट पार्दै बहुपक्षवादी प्रणाली तथा परिपाटीको संयुक्त संरक्षण गर्न सहमत गरेका छन्।

भेटमा केन्याका राष्ट्रपति उहुरू केन्याटाले राष्ट्राध्यक्ष सीबाट प्रस्तुत बेल्ट एण्ड रोड प्रस्तावको उच्च मूल्याङ्कन गर्दै चीनसँग आर्थिक, व्यापारिक, कृषि, पूर्वाधार निर्माण क्षेत्रमा हुने सहयोगलाई अघि बढाउने आशा व्यक्त गर्नुभएको छ। साथै उहाँले चीनसँगै मिलेर बहुपक्षवाद तथा स्वतन्त्र व्यापार प्रणालीको संयुक्त संरक्षण गर्ने अपेक्षा पनि प्रकट गर्नुभएको छ।

जानकारी तथा लेखहरु