फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष तथा भियतनामी प्रधान मन्त्री बीच भेट

(GMT+08:00) 2018-11-04 19:51:09
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर ४ तारिख शाङहाईमा भियतनामी प्रधानमन्त्री न्गुयन स्युआन फुकसँग भेटघाट गर्नुभएको छ।

भेटमा राष्ट्राध्यक्ष सीले प्रथम चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको अतिथि मुलुक भियतनाम दक्षिण पूर्वी एशियामा चीनको सबभन्दा ठूलो व्यापार साझेदार पनि रहेको भन्दै भियतनामबाट भित्री माग भएका उत्पादित वस्तु आयात गर्ने इच्छा चीनले लिएको बताउनुभयो। साथै साझा प्रयासमा समुद्रको शान्ति तथा स्थिरताको संरक्षण गरी आपसी समुद्री सहयोगलाई स्थिर रूपमा अघि बढाउने पुष्टि गर्नुभएको छ।

भेटमा भियतनामी प्रधानमन्त्री न्गुयनले आयात एक्स्पोको मौका पारेर चीनलाई गर्ने निर्यातको विस्तार गर्ने इच्छा प्रकट गर्नुभयो। दुई मुलुकका नेता बीच सम्पन्न मतैक्य तथा सिद्धान्तको आधारमा समुद्री समस्याको राम्रोसँग समाधान गर्ने इच्छा भियतनामसँग रहेको पनि प्रकाश पार्नुभएको छ।

जानकारी तथा लेखहरु