फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष तथा लाओसका प्रधानमन्त्री बीच भेटघाट

(GMT+08:00) 2018-11-04 20:23:01

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर ४ तारिख शाङहाइमा लाओसका प्रधानमन्त्री थोङलोन सिसौलीथसँग भेटघाट गर्नुभएको छ।

भेटमा राष्ट्राध्यक्ष सीले चीन-लाओस आर्थिक करिडोको निर्माणलाई अघि बढाइ चीन-लाओस रेलमार्ग सुचारू निर्माणलाई प्रत्याभूति दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। साथै आपसमा जनजीवन र प्रकोप उद्धार क्षेत्रमा हुने सहयोगलाई सबल पार्दै आउने वर्ष चीन-लाओस पर्यटन वर्ष राम्रोसँग मनाउने पनि जनाउनुभएको छ। ल्यानछाङ नदफ-मेकोङ नदी सहयोगलाई अघि बढाउन प्रकाश पनि राष्ट्राध्यक्ष सीले पार्नुभएको छ।

भेटमा लाओसका प्रधानमन्त्री थोङलोनले चीनसँग मिलेर जनता बीचको मित्रतालाई गहन पार्दै असल छिमेकी, राम्रो साथी, कमरेड तथा साझेदार सधैँ नै रहिरहने अडान व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु