फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो सुरु

(GMT+08:00) 2018-11-05 10:16:09

पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो ५ तारिख बिहान चीनको शाङहाईमा सुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उद्धाटन समारोहलाई सम्बोधन पनि गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिन फिङ्गद्वारा प्रस्तुत गरिको चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो विश्वव्यापी रूपमा आयात विषयक ठूलो राष्ट्रस्तरीय प्रदर्शनी हो र साथै यस्तो प्रदर्शनी पहिलो पनि हो। विभिन्न मुलुकलाई चीनको विकसित मौकाबाट लाभ उठाउनका लागि र अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक सहयोगलाई गहन पार्न र साझा समृद्धिलाई साकार तुल्याउनका लागि यस एक्स्पोको आयोजना गरिएको हो। चीनले विश्व अर्थतन्त्र अझ खुला पार्न तथा आर्थिक क्षेत्रलाई विश्वव्यापीकरणको समर्थन गर्न व्यावहारिक कदम चालेको छ।

जम्मागरी १७२ वटा मुलुक, क्षेत्र तथा अन्तर्राष्ट्रिय संगठनले यस एक्स्पोमा भाग लिएको छ। ३६०० वटा व्यवसायले प्रदर्शनीमा भाग लिएको छ।

जानकारी तथा लेखहरु