फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्थिक दीर्घकालीन स्वस्थ तथा स्थीर विकासका लागि चीनसँग धेरै अनुकूल स्थिति रहेको सी चिन फिङको विचार

(GMT+08:00) 2018-11-05 11:08:51

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अरु मुख्य अर्थव्यवस्थाको तुलनामा चीनको आर्थिक वृद्धि दर विश्वको अग्रस्थानमा रहेको र दीर्घकालीन स्वस्थ तथा स्थीर विकासका लागि धेरै अनुकूल स्थिति रहेको व्यक्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिन फिङको विचारमा चीनको आर्थिक विकासको स्वस्थ तथा स्थीर आधारमा परिवर्तन भएको छैन, उच्च गुणस्तरीय विकासको उत्पादन कारक अवस्थामा परिवर्तन भएको छैन, दीर्घकालीन हिसाबले स्थीर हुँदा राम्रो हुने समष्टिगत प्रवृत्तिमा पनि परिवर्तन भएको छैन, राष्ट्रिय समष्टिगत समन्वय क्षमता बढ्दैआएको र सुधारलाई चौतर्फी रुपमा गहन पारेबाट विकास शक्ति प्रस्फुटन भइरहेको छ।

साथै सीले चीनको आर्थिक विकाससमक्ष केही प्रमुख विरोधाभास र समस्या देखिएको पनि स्वीकार गर्नुभयो अर्थात् केही क्षेत्रमा अनिश्चितता बढ्दैछ, केही व्यवसायको व्यापार स्थिति धेरै कठिन बनेको छ, केही क्षेत्रसमक्ष जोखिम र चुनौति बढेको छ।

उहाँले चीनको अर्थतन्त्र समुद्र भएको तर पोखरी नभएको भन्दै ठूलो हावा र बर्षाले समुद्रलाई उल्टाउँदैन र चीनको अर्थतन्त्र उच्च गुणस्तरीय विकासको बाटोमा छिटो स्थानान्तरण हुनसक्ने ठहर पनि लिनुभएको छ।

जानकारी तथा लेखहरु