फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्बारा अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई महत्वपूर्ण सम्बोधन

(GMT+08:00) 2018-11-05 15:04:03

पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो आज नोभेम्बर ५ तारिख बिहान चीनको शाङहाईमा सुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उद्धाटन समारोहलाई महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीद्वारा प्रस्तुत गरिएको चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो विश्वव्यापी रूपमा आयात विषयक ठूलो राष्ट्रस्तरीय प्रदर्शनी हो र साथै यस्तो प्रदर्शनी पहिलो पनि हो। विभिन्न मुलुकलाई चीनको विकसित मौकाबाट लाभ उठाउनका लागि र अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक सहयोगलाई गहन पार्न र साझा समृद्धिलाई साकार तुल्याउनका लागि यस एक्स्पोको आयोजना गरिएको हो। चीनले विश्व अर्थतन्त्र अझ खुला पार्न तथा आर्थिक क्षेत्रलाई विश्वव्यापीकरणको समर्थन गर्न व्यावहारिक कदम चालेको छ।

राष्ट्राध्यक्ष सीले आयात एक्स्पोमा विभिन्न मुलुकसमक्ष खुलालाई निरन्तरता दिने, आपसि हित र सहयोगलाई विस्तार गर्ने, सिर्जना गर्ने, पुरानो र नयाँ गतिशील ऊर्जाको रूपान्तरणको गति बढाउने, समावेशी र साझा विकासलाई बढाउन आह्वान गर्नुभएको छ।

उहाँले विभिन्न मुलुकलाई सुरक्षावाद, एकपक्षीयतावादलाई विरोध गर्न, बहुपक्षीय र द्विपक्षीयको खुला स्तरलाई बढाउने, विभिन्न मुलुकको आर्थिक आदान-प्रदानलाई बढाउन, खुला विश्व आर्थिक व्यवस्थालाई संयुक्त रुपमा निर्माण गर्न आव्हान गर्नुभएको छ। उहाँले समष्टिगत आर्थिक नीतिको मध्यस्थतालाई बढाउने, निष्पक्ष, व्यावहारिक र पारदर्शी अन्तर्राष्ट्रिय आर्थिक नियम प्रणालीलाई निर्माण गर्न पनि औंल्याउनुभयो। उहाँले व्यापार र लगानी स्वतन्त्रता र सुविधालाई बढाउने, विश्व आर्थिक व्यवस्थालाई अझ खुला र समावेशी बनाउने व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु