फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्बारा खुलापनको विस्तार गर्ने चीनको नयाँ कदमबारे घोषणा

(GMT+08:00) 2018-11-05 15:05:00

प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो आज नोभेम्बर पाँच तारिख बिहान शाङहाईमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उद्धाटन समारोहलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

आफ्नो सम्बोधनमा उहाँले खुलापनको विस्तार गर्ने चीनको नयाँ कदमबारे घोषणा गर्नुभयो। उहाँका अनुसार, आर्थिक विश्वव्यापीकरण ऐतिहासिक प्रवृत्ति हो। खुलस्त सहयोगद्वारा अन्तर्राष्ट्रिय जीवित आर्थिक व्यापारिक शक्तिलाई बढाउन सकिन्छ। यो नै विश्वको अर्थतन्त्रको स्थिर उत्थान्‌लाई बढाउने व्यावहारिक माग हुनुका साथै मानव समाजको निरन्तर विकासलाई अगाडि बढाउने युगीन मार्ग पनि हो।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले चिनियाँ सरकार र जनताको तर्फबाट र आफ्नो नाउँमा यस एक्स्पोमा सहभागी भएका 172 वटा मुलुक, क्षेत्र र अन्तर्राष्ट्रिय संगठन तथा 3 हजार 6 सयभन्दा बढी व्यवसायहरुलाई पनि हार्दिक स्वागत गर्नुभएको छ।

उहाँले विभिन्न मुलुकलाई चीनको विकासको अवसरलाई समात्न आग्रह गर्नुका साथै अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक सहयोगलाई गहन रुपमा बढाउन र साझा समृद्धिलाई साकार तुल्याउन पनि आव्हान गर्नुभयो।

करिब चार लाख चिनियाँ र विदेशी व्यवसायीहरु यस प्रथम चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी भएका छन्।

समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्राध्यक्ष सीले सो एक्स्पो हालसम्म कै विश्वमा आयात आधारित पहिलो राष्ट्रिय स्तरीय एक्स्पो भएको बताउनुभएको छ। साथै यो नै अन्तर्राष्ट्रिय व्यापार विकास इतिहासको एक ठूलो अग्रगामी अभियान भएको पनि औँल्याउनुभएको छ।

राष्ट्राध्यक्ष सी चिन फिङले आयात एक्स्पो चीनले अर्को नयाँ चरणको उच्च स्तरीय सुधार तथा खुलापन बढाउने महत्वपूर्ण नीति हुनुका साथै यो चीनले विश्वलाई सक्रिय रुपमा बजार खुला गर्ने ठूलो कदम भएको बताउनुहुँदै त्यसबाट बहु-पक्षीय व्यापार प्रणालीको समर्थन दिने र स्वतन्त्र व्यापारको विकास गर्ने चीनको निरन्तर अडान देखिएको व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु