6 दिनसम्म चलेको प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो हिजो नोभेम्बर 10 तारिख शाङ्गहाईमा सम्पन्न भएको छ। एक्स्पोमा सहभागी व्यवसायहरूले ठूलो उपलब्धि प्राप्त गरेको मात्र नभई आउँदो वर्ष लगातार आयात एक्स्पोमा सहभागी हुने आशा पनि व्यक्त गरेका छन्।
प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो हालसम्म विश्वमा आयात मुख्य विषय रहेको पहिलो प्रदर्शनी हुनुका साथै अन्तर्राष्ट्रिय व्यापारिक विकासको इतिहासमा रहेको एक आविष्कार पनि हो। त्यस एक्स्पोबाट 1 सय 72 वटा मुलुक, क्षेत्र र अन्तर्राष्ट्रिय संगठन आकर्षित भएका छन्। 4 लाखभन्दा बढी स्वदेशी र विदेशी व्यापारीहरूले एक्स्पोमा किनमेलका लागि छलफल गरेका छन्।
आयात एक्स्पोमा विदेशी मार्काहरूले विस्तृत रुपमा माथि उठ्दै गएको चिनियाँ उपभोक्ताहरूको उपभोग्य चाहनालाई पूरा पार्न तयार पारिएका उत्पादित वस्तु र सेवालाई प्रदर्शन गरेका छन्।