फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०१९ चिनियाँ अर्थतन्त्रबारे तीनवटा मुख्य शब्द

(GMT+08:00) 2018-12-14 16:44:28

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोले बिहीबार १३ तारिख एउटा बैठकको आयोजना गरेर सन् २०१९ चीनको आर्थिक कार्यको बारेमा विश्लेषण र अनुसन्धान गरेको छ। बैठकबाट प्राप्त जानकारीको विश्लेषण गर्दा सन् २०१९ मा चिनियाँ अर्थतन्त्रमा तीनवटा मुख्य शब्द हुनेछन्।

पहिलो, स्थिरताका साथ प्रगति हासिल गर्ने

सन् २०१९ नयाँ चीनको स्थापनाको ७०औं वार्षिकोत्सव हुनुका साथै चिनियाँ कम्युनिष्ट पार्टीद्वारा प्रस्तुत सम्पन्न समाजको चौतर्फी निर्माण गर्ने पहिलो शताब्दी लक्ष्य साकार तुल्याउन केन्द्रिय वर्ष पनि हुनेछ। त्यसैले स्थिरताका साथ प्रगति हासिल गर्ने समग्र धुन निकै महत्वपूर्ण छ।

राजनैतिक व्यूरोको यो बैठकले "रोजगार,बैंकिङ, वैदेशिक व्यापार, वैदेशिक लगानी र अपेक्षालाई अझ स्थिर पार्ने", "अर्थतन्त्रको निरन्तर तथा स्वास्थ्य विकास र समाजको स्थिरता कायम राख्ने" आदि विषय प्रस्तुत गरेको छ। जसबाट हेर्दा चीन र अन्तर्राष्ट्रिय जगतमा वातावरणको परिवर्तनप्रति चिनियाँ कम्युनिष्ट पार्टीको निर्णायक समूहले गहिरो जानकारी पाउनुका साथै सामनाको आत्मविश्वास पनि बढाएको छ। वर्तमान पृष्ठाभूमिमा चीनका लागि स्थिरता ज्यादै महत्वपूर्ण छ। साथै स्थिरताका साथ विकसित चीन विश्वको आर्थिक वृद्धिका लागि निरन्तर रुपमा इन्जिन बन्नेछ।

दोस्रो, उच्च गुणस्तरीय विकास

गत नभेम्बर महिनामा आयोजित पहिलो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सम्बोधन गर्दै चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विकासमा देखाइएको समस्याको सक्रिय समाधान गर्न कदम चालिरहेको बताउनुभयो। यो कदम मुख्यतः उच्च गुणस्तरीय विकास भन्ने रहेको छ। चालू वर्ष चीनले उच्च गुणस्तरीय विकासको अनुरोधलाई व्यवहारमा उतारेर सर्वसाधारणले अझ बढी फाइदा पाएको कुरा बैठकमा प्रस्तुत गरिएको छ।

तेस्रो, दृढताका साथ आफ्नो कार्यभार पूरा गर्ने

चालू वर्ष चीनमा सुधार तथा खुलापनको चालीसौं वार्षिकोत्सव हो। यसै वर्ष चीनले क्रमशः अनेकन नयाँ खुलापनका कदमहरू घोषणा गरेको छ।

सुधार तथ खुलापनलाई चीनको दोस्रो क्रान्ति मानिन्छ। जसले चीन र विश्वलाई गहिरो रुपमा प्रभाव पारेको छ। अन्तर्राष्ट्रिय वातावरण र देशभित्रका शर्त परिवर्तनबारे समीक्षात्मक विचार गरेर महत्वपूर्ण रणनैतिक मौकाको निरन्तर र राम्ररी प्रयोग गरी दृढताका साथ आफ्नो कार्य राम्ररी पूरा गर्ने अनुरोध उक्त बैठकले गरेको छ।

जानकारी तथा लेखहरु