आज सांग्रिला होटलमा आयोजना गरिएको उद्घाटन समारोहमा सो कार्यमा सहभागी चिनियाँ कम्पनीका प्रमुख छन चनले आफ्नो कम्पनी र नेपाली कम्पनीसँगको सहयोग बारे जानकारी दिनुभयो। उहाँले भन्नुभयो 'हाम्रो प्रदर्शन हल नेपालले उच्च गुणस्तरीय उत्पादित वस्तु आयात गर्ने झ्याल मात्र होइन यसलाई नेपाली विशेषतायुक्त उत्पादित वस्तु चीनलाई निर्यात गर्ने झ्याल पनि बनाउन सक्छौं। यसो गर्दा आयात निर्यात दुवै बाटो सुचारू भएबाट आपसी आर्थिक व्यापारिक आदानप्रदानमा जीवन्त शक्ति थप्ने हाम्रो विश्वास छ।'
नेपालका कृषि तथा पशुपन्छि मन्त्री चक्रपाणी खनालले नेपाल र चीनबीच बीआरआई प्रस्तावमा फेरि नयाँ कार्यक्रम सुरु भएकोमा खुशी व्यक्त गर्नुभयो। बीआरआईले वाणिज्य क्षेत्रमात्र नसमेटेर समग्र सांस्कृतिक र मानवीय आदानप्रदानलाई पनि समेट्ने गरेको उहाँले बताउनुभयो। नेपालको विकासमा चीनले लगातार सहयोग पुर्याउँदै आएको बताउँदै बीआरआईको फ्रेमवर्कभित्र रहेर नेपालले चीनबाट थप लाभ लिने कुरा मन्त्री खनालले औँल्याउनुभयो।
1 2