"आजकाल साइनोफोबियाको कुनै कारण छैन। कुनै पनि हालतमा युरोपमा प्रतिरक्षाका लागि अवरोध निर्माण गर्नुहुँदैन।"
"साइनोफोबिया"अर्थात् चीनसँग डराउने कुरा युरोपको औद्योगिक नीतिमा बदलिएको कुरालाई लक्षित गर्दै जर्मनीको थोक,वैदेशिक व्यापार तथा सेवा संघका अध्यक्ष होल्गर बिङगमानले चेतावनीका साथ भन्नुभएको हो।
रोयटर्सका अनुसार,जर्मनी तथा फ्रान्स दुई मुलुकले औद्योगिक नीतिमा सरकारको अरु ठूलो भूमिका हुनुपर्ने तथा महत्वपूर्ण औद्योगिक क्षेत्रको संरक्षण गर्न सरकारसँग कदम चाल्न आग्रह गरेका छन्।
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गत साता फ्रान्सको भ्रमण गर्दा एउटा एकीकृत तथा समृद्ध युरोप बहुध्रुवीय संसारप्रतिको आशाअनुकूल भन्ने विचार राख्नुभएको थियो। युरोप बलियो नभएमा एकपक्षीयतावादको सामु विश्वका अरु मुलुकहरुमा ठूलो दवाव पर्नेछ। चीनले युरोपलाई अलग्याउने केही व्यक्तिको विचार वाहियात हो।
मार्च २९ तारिख बेल्ट एण्ड रोड प्रस्तावका लागि जर्मनी संघ औपचारिक रुपमा स्थापना भयो। सो संघले बेल्ट एण्ड रोड प्रस्तावमा सक्रियताका साथ भाग लिए मात्र जर्मनी लाभान्वित हुनसक्ने ठहर गरेको छ।