फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेइजिङस्थितमा नेपाली पर्यटन प्रवर्द्धन कार्यक्रम

(GMT+08:00) 2019-04-17 18:48:42

बेइजिस्थित नेपाली दूताबासमा नेपाली पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गरिएको छ। बुधबार साँझ आयोजित कार्यक्रममा स्वागत गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकले मेरुदण्डको काम गरेको बताउनुभयो। पछिल्लो समय नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या बढिरहेको र आगामी वर्ष आयोजना हुने नेपाल भ्रमण वर्ष सफल बनाउन पनि चिनियाँ पर्यटक नै प्रमुख आधार हुने उहाँले बताउनुभयो।

कार्यक्रममा नेपाल पर्यटन बोर्डको तर्फबाट श्रद्धा श्रेष्ठले नेपालको पर्यटन परिचय झल्किने श्रव्यदृश्य सामग्री प्रस्तुत गर्नु भएको छ। सो सामग्रीमा काठमाडौँ,पोखरा,लुम्बिनी,चितवन लगायतका महत्वपूर्ण पर्यटकीय स्थलको परिचयसहित नेपाली संस्कृतिका झलकहरु समेटिएका छन्। त्यसैगरी नेपाल एसोसिएसन अफ ट्राभल्स एण्ड टुर्स एजेन्ट नाटाको तर्फबाट यसका चीन संयोजक अध्यक्ष सुदर्शन नेपालले नेपालमा चिनियाँ पर्यटकलाई गरिने स्वागतका बारेमा चर्चा गर्नुभयो।

सो कार्यक्रममा नेपाली संस्कृति झल्किने खालका नृत्यहरु पनि प्रस्तुत गरिएका छन्। चीनमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले कुमारी नृत्यसँगै केही आधुनिक नृत्य प्रस्तुत गरेका छन्।

नेपाली पर्यटन व्यवसायीले चिनियाँ पर्यटन व्यवसायीसँग अन्तर्क्रिया गर्ने उद्देश्यले नेपाली दूताबासले नेपाल पर्यटन बोर्ड र नेपालको ट्राभल्स र टुर एजेन्टहरुको संघ नाटासँग मिलेर यो कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा एकसयजनाको उपस्थिति रहेको छ।

सीआरआई नेपाली सेवाका लागि चेतनाथ आचार्य

नेपाली दूताबास बेइजिङ


1  2  3  4  
जानकारी तथा लेखहरु