फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेल्ट एण्ड रोडसम्बन्धी अर्थव्यवस्था विश्वको दोस्रो ठूलो आर्थिक प्लट

(GMT+08:00) 2019-05-08 15:48:12

हाल बेल्ट एण्ड रोडको निर्माणसम्बन्धी दुईवटा अनुसन्धान प्रतिवेदन ज्यादै ध्यानाकर्षित रहेका छन्। त्यसमध्येको एक मे ७ तारिख चिनियाँ अन्तर्राष्ट्रिय आर्थिक आदान-प्रदान केन्द्रको नेतृत्वमा चिनियाँ तथा विदेशी थिङ्क ट्याङ्कद्वारा संयुक्त सार्वजनिक बेल्ट एण्ड रोड व्यापार तथा लगानी सूचकाङ्क प्रतिवेदन हो। उक्त प्रतिवेदनले संयुक्त राष्ट्रिय संघको तथ्याङ्कको विश्लेषण गरेर बेल्ट एण्ड रोडसम्बन्धी अर्थव्यवस्था उत्तर अमेरिका स्वतन्त्र व्यापार क्षेत्रभन्दा बढी भएर यूरोपेली संघपछि दोस्रो व्यापार प्लट बनेको छ। विश्व प्रसिद्ध मूल्याङ्कन एजेन्सी मूडिसबाट प्रकाशित अर्को प्रतिवेदन अनुसार, चीनबाट प्रस्तुत बेल्ट एण्ड रोड प्रस्तावले ठूलो आधारभूत प्रबन्धको निर्माण परियोजनाद्वारा सम्बन्धित देशलाई उत्पादित शक्ति उकास्न सहयोग गर्नुका साथै हालै आर्थिक विकास तथा दीर्घकालीन वृद्धि निहित शक्तिका लागि योगदान गरेको छ।

बेल्ट एण्ड रोड व्यापार तथा लगानी सूचकाङ्क प्रतिवेदनका अनुसार, सन् 2017 मा विश्वव्यापारमा बेल्ट एण्ड रोडसम्बन्धी अर्थव्यवस्थाको सहभागिता 55.2 प्रतिशतसम्म बढेको छ। साथै विश्वको व्यापार रकममा अर्थव्यवस्थाका सदस्यहरूबीचको आन्तरिक व्यापारको अनुपात पनि 13.4 प्रतिशतसम्म बढेर उत्तर अमेरिका स्वतन्त्र व्यापार क्षेत्रभन्दा बढी भएर यूरोपेली संघको आन्तरिक व्यापारको 65 प्रतिशत पुगेको छ। बेल्ट एण्ड रोडसम्बन्धी अर्थव्यवस्था विश्वमा सबैभन्दा महत्वपूर्ण वैदेशिक लगानी गर्ने क्षेत्र बनेको विश्लेषण पनि उल्लेख गरिएको छ।

व्यार र लगानीको वृद्धि विश्वको अर्थतन्त्रलाई पुनः माथि उठाउने महत्वपूर्ण कारक तत्व हुन्। बेल्ट एण्ड रोडको साझा निर्माणले सम्बन्धित मुलुक तथा क्षेत्रमा व्यापार तथा लगानीको सक्रियतालाई बढाएर स्थानीय अर्थतन्त्रको विकास गर्नुका साथै दुविधाबाट मुक्त गर्न विश्वको अर्थतन्त्रलाई पनि योगदान गरेको पुष्टि बेल्ट एण्ड रोड व्यापार तथा लगानी सूचकाङ्क प्रतिवेदनबाट ठोस तथ्याङ्कमार्फत गरिएको छ।

मुडीको अनुसन्धान प्रतिवेदनले पनि उक्त विश्लेषणको प्रमाणित गरेको छ। मुडीको प्रतिवेदनमा पाकिस्तान, भित्री मंगोलिया, कजागिस्तान र कम्बोडिया बेल्ट एण्ड रोडका परियोजनाबाट सबैभन्दा बढी आर्थिक वृद्धि निहित शक्ति पाएका मुलुकहरू हुन्।

गत महिना कजागिस्तानका पहिलो राष्ट्रपति नुर्सुल्तान नाचार्बयेभले पैचिङमा दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा सम्बोधन गर्दै धनी हुनलागेमा सर्वप्रथम रोडको निर्माण गर्नुपर्ने चिनियाँ भनाइ उद्धृत गरेर आधारभूत प्रबन्धको सम्पर्क हुने कुरामा सहमति व्यक्त गर्नुभयो।

उक्त शिखर मञ्चमा विभिन्न मुलुकका नेतागणले संयुक्त बुलेटिनको पारित गरेर बेल्ट एण्ड रोड सहयोगबाट हासिल गरिएको प्रगति र सिर्जना गरिएको अवसरको प्रशंसा गर्नुका साथै उच्च गुणस्तरमा बेल्ट एण्ड रोडको साझा निर्माण गर्ने निर्णय गरे। दुईवटा प्रतिवेदनबाट हेर्दा उच्च गुणस्तरीय विकासद्वारा बेल्ट एण्ड रोडसम्बन्धी अर्थव्यवस्थाले सोही क्षेत्र र विश्वको आर्थिक विकासमा नयाँ योगदान दिनेछ।

जानकारी तथा लेखहरु