|
|
|
||
चीनका राष्ट्राध्यक्ष सी चिन फिङ तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जुन ५ तारिख मस्कोमा दुईवटा महत्वपूर्ण संयुक्त बक्तव्य सम्पन्न भएको छ। उहाँहरूले नयाँ युगमा चीन-रुस सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धकोविकास गर्नुका साथै सँगै मिलेर वर्तमान सारा विश्वको रणनीतिक स्थिरताको संरक्षण गर्ने घोषणा पनि गर्नुभएको छ।
चालु वर्ष चीन र रुस बीचको दौत्य सम्बन्ध कायम भएको ७० औँ वार्षिकोत्सव हो। दुई देशको सम्बन्ध हुरीबतासको परिक्षणबाट पारित भई वर्तमान विश्वमा पारस्परिक विश्वासको स्तर सबैभन्दा उच्च र रणनीतिक मूल्य सबैभन्दा उच्च रहेको एक जोडी छिमेकी मुलुक र ठूला देश सम्बन्धको उदाहरण बनिसकेको छ। दुवै देशका नेतागणले धेरैपटक दुई देश सम्बन्ध इतिहासको सबैभन्दा राम्रो स्तरमा पुगेको कुरामा जोड दिनुभएको छ।
नयाँ युगको चीन-रुस सम्बन्धको निर्माणका लागि दुवै पक्षले यथावत् रुपमा पारस्परिक विश्वाको आधार बमोजिम आपसी केन्द्रीय हित सम्बन्धी विषयहरूमा एकले अर्कालाई अझ ठूलो समर्थन दिनुका साथै सँगै मिलेर बेल्ट एण्ड रोडको निर्माणलाई एशिया-युरोप आर्थिक गठबन्धनसँग जोड्दै जानेछन्। यसका अतिरिक्त, दुवै पक्षले आपसी आदान-प्रदानलाई सबल पार्न दुई देशका विभिन्न सामाजिक क्षेत्र र विविध स्थानलाई प्रोत्साहन गर्नुका साथै दृढताका साथ संयुक्त राष्ट्र संघ केन्द्रीत रहेको अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण गर्ने, हातमा हात मिलाएर नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव जाति भाग्यको एकरुपताको स्थापना गर्दै जानेछन्।
चीन-रुस सम्बन्ध नयाँ युगमा प्रवेश भएपछि द्बिपक्षीय सहकार्य सम्पूर्ण रुपमा तीव्र गतिले विसकित हुने कुराबाट दुई देशका जनताका लागि झन बढी सुविधा र फाइदा पुर्याउन सकिनेछ। गत वर्ष चीन-रुस आर्थिक र व्यापारिक परिमाण इतिहासको नयाँ किर्तिमान सिर्जना गरेर १० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ। जुन रकम सन् २०१७ को तुलनामा २७ प्रतिशतले बृद्धि भएको हो।
चीन-रुस सम्बन्ध नयाँ युगमा प्रवेश भएपछि दुवै देशले अन्तर्राष्ट्रिय मामिला सम्बन्धी समन्वय र सहयोगलाई सबल पार्नुका साथै अझ बढी चीन-रुस योजना प्रस्तुत गरी अझ राम्रोसँग बहुपक्षीयतावादको नियमको संरक्षण गर्दै जानेछन्।
चीन-रुस सम्बन्धले अझ उच्च स्तरीय र अझ ठूलो विकास हुने नयाँ युगमा प्रवेश गरेपछि अवश्य नै दुवै देशका जनताका लागि अझ बढी हित-कल्याण सिर्जना गर्नुका साथै जटिल अन्तर्राष्ट्रिय परिपाटीमा अझ बढी स्थिरता र निश्चितता ल्याउन सक्नेछ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |