|
|
|
||
चीन-अमेरिका सम्बन्धको विकासमा टडकारो योगदान गरेको भन्दै 'अमेरिकी जर्ज एच. बुश चीन -अमेरिका सम्बन्ध कोष'ले १२ तारिख बेलुकी प्रथम चीन-अमेरिका सम्बन्ध उत्कृष्ट नेता पुरस्कार पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई प्रदान गरेको छ।
९४ वर्षीय कार्टर अमेरिकी डेमोक्रेटिक पार्टीका सदस्य हुनुहुन्छ। उहाँको राष्ट्रपतीय कार्यावधिमा चीन-अमेरिकाबीच औपचारिक रूपमा दौत्य सम्बन्ध स्थापित भएको थियो भने रिपब्लिकन पार्टीका सदस्य जर्ज एच. बुशको राष्ट्रपतीय कार्यावधिअघि उहाँले सन् १९७४ र १९७५ मा चीनको लागि अमेरिका सम्पर्क कार्यालय प्रमुखको पद सम्हाल्नुभएको थियो। गत वर्षको नोभेम्बरको अन्तमा ९४ वर्षिय बुशको निधन भएको छ। ।
चीन-अमेरिका व्यापार द्वन्द्व चर्कँदै गएकोले आपसी सम्बन्ध तनावपूर्ण बनिरहेको पृष्ठभूमिमा डेमोक्रेटिक पार्टीका राष्ट्रपतिले रिपब्लिकन पार्टीका राष्ट्रपतिको नाम राखिएको पुरस्कार प्राप्त गरेको घटना निकै अर्थपूर्ण देखिन्छ। जसबाट चीन-अमेरिका सम्बन्ध, मित्रताको सहमति तथा सदिच्छाको संरक्षण क्षेत्रमा कतिपय अमेरिकी राजनैतिक संभ्रान्तको भिजन पार्टी-पार्टीको संकीर्णताको उल्लंघन भइसकेको छ। चीन-अमेरिका सम्बन्धको सक्रिय निर्माता कार्टरले पुरस्कार पाउनुभएबाट तथाकथित चीन-अमेरिका विच्छेद सिद्धान्तलाई दिइएको शक्तिशाली जवाफ हो। उहाँहरूले गहन रूपमा बुझ्नुभयो कि चीन-अमेरिका सहयोग भए मात्रै अमेरिकाको हितको व्यवहारिक संरक्षण गर्न सकिन्छ र क्षेत्रीय तथा विश्वको विकास तथा स्थिरताको प्रवर्द्धन गर्न सकिन्छ।
चालू वर्षको शुरूआतमा कार्टरले सिंहावलोकन गर्दै भन्नुभयोः चीनसँग दौत्य सम्बन्ध स्थापना गर्नु नै आफ्नो कार्यावधिमा हासिल भएका सबै उपलब्धिहरूमध्ये विश्व शान्तिको प्रवर्द्धनको लागि सबैभन्दा फाइदाजनक निर्णय होला।
केही समयअघि जन्मथलो जर्जिया स्टेटमा कार्टरले खुला भाषण दिँदा वर्तमान राष्ट्रपतिले आफूलाई टेलिफोन गर्दाखेरी चीनले अमेरिकालाई उछिन्ने चिन्ता व्यक्त गरेको उल्लेख गर्नुभयो। कार्टरले अगाडि भन्नुभयोः 'बितेका वर्षहरूमा अमेरिका युद्धमा व्यस्त छ भने चीनले आर्थिक विकास तथा जनजीवनको सुधारमा ध्यान दिइरहेको छ। सुपर पावरको अर्थ सबैभन्दा शक्तिशाली सैन्य शक्ति हुनु होइन, जनताको लागि अझ राम्रो जीवन सिर्जना गर्ने क्षेत्रमा अग्रसर हुनु हो।
अमेरिकी अनुभवी राजनीतिज्ञहरूको विवेकशील आवाजले नै अमेरिकामा चीन-अमेरिका सम्बन्धको संचालन क्षेत्रमा प्रधानता पाउनुपर्छ। ती आवाजहरू बिजुली चम्किएजस्तो केही अमेरिकी राजनीतिज्ञहरूले आधारहीन भनाई र झूठो कुराबाट थुप्रिएको कालो बादललाई छेकेर अमेरिकी समाज सामु स्पष्ट दृश्य देखाइन्छ कि चीन र अमेरिकाबीचको बारम्बार आदानप्रदान भइरहेको छ र हित पनि मिसिएको छ। यी दुई देश विच्छेद हुने सम्भावना नै छैन। चीनसँग सहकार्य गर्नु मात्रै अमेरिकी राष्ट्रिय हितको वास्तविक जिम्मेवारी हो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |