चीनको वाणिज्य मन्त्रालयले तेह्र तारिख सार्वजनिक गरेको सूचना अनुसार, यस वर्षका अघिल्ला पाँच महिनामा चीनले विदेशी पूँजीको वास्तविक रूपमा प्रयोग गरेको मात्रा ३ खर्ब ६९ अर्ब ६ करोड चिनियाँ युआन पुगेको छ भने गत वर्षको सोहि अवधिको तुलनामा ६.८प्रतिशत वृद्धि भएको छ।
विश्वमा विदेशी लगानी वृद्धि दर घटेको अवस्थामा चीनको उपलब्धिबाट चीन अझै विदेशी लगानीको चर्चित गन्तव्य भएको देखिएको छ। भन्सार कर थप गरिएबाट विदेशी उद्योगलाई चीनबाट निकाल्ने अमेरिकाको तथाकथित भनाइ विफल भएको छ र विदेशी उदयोगले चीनमा थप लगानी बढाएको तथ्यसमक्ष चीनको अर्थतन्त्रमाथि अमेरिकाको नकारात्मक विचार पनि विफल भएको छ। चीनले चर्काइँदै आएको नरम तथा कडा वातावरणमार्फत विदेशी उद्योगलाई आकर्षित गरिरहेको छ।
अमेरिकाले भन्सार कर थप लगाएबाट विदेशी उद्योगलाई हटाउने भन्ने कुरा बोलिरहनुको कारण के हो भने अन्तर्राष्ट्रिय औद्योगिक सिलसिला विभक्त भएको सतही स्थितिमार्फत् चीनमाथि नकारात्मक धारणा राख्न खोज्नु मात्रै हो।