|
|
|
||
म्याककिन्से ग्लोबल इन्स्टिट्युटबाट प्रकाशित प्रतिवेदनका अनुसार, सन् 2000 देखि 2017 सम्म चिनियाँ अर्थतन्त्रसँग विश्वको निर्भरता सूचकांक 0.4 बाट क्रमशः 1.2 सम्म बढेको छ। यो अर्थतन्त्रको विश्वव्यापी विकासको अत्यावश्यक नतिजा हो। जसबाट हेर्दा विश्वसँग मिल्ने क्रममा चीनले विश्वको आर्थिक वृद्धिलार्इ बढाउनुका साथै चिनियाँ अर्थतन्त्रबारे अन्तर्राष्ट्रिय जगतको विश्वास पनि क्रमशः बढेको देखिन्छ।
विश्व बैंकको अनुमानमा सन् 2012देखि 2016सम्म विश्वको आर्थिक वृद्धिमा चीनको योगदान दर 34 प्रतिशत पुगेको छ। यो संख्या अमेरिका, यूरोपेली संघ र जापानको योगदानको योगफलभन्दा बढी रहेको छ। चीनले विश्वका लागि योगदान दिने क्रममा चिनियाँ अर्थतन्त्रसँग विश्वको निर्भरता क्रमशः बढ्दैआएको छ।
पहिलो, चीनमा विश्वव्यापी रूपमा सबैभन्दा ठूलो उपभोग बजार र सबैभन्दा बढी मध्यम आयको समूह भएर उपभोगको स्तरवृद्धि प्रवृत्ति स्पष्ट रहेको छ। जसले विश्वको आर्थिक वृद्धिलाई स्थिर रूपमा शक्ति थपेको छ। म्याककिन्से ग्लोबल इन्स्टिट्युटले विश्व बैंकको अंक उद्धृत गर्दा सन् 2010देखि 2017सम्म चीनले विश्वव्यापी परिवारको उपभोग वृद्धिमा 31प्रतिशतको योगदान दिएको छ। गाडी, रक्सी, मोबाइलफोन लगायत क्षेत्रमा चीन विश्वको प्रथम ठूलो बजार हो। एकातिर चीनले ठूलो मात्राको सामानको आयातद्वारा अरू देशको आर्थिक वृद्धिलार्इ सहयोग दिएको छ। अर्कातिर चीनको ठूलो बजारले विदेशी व्यवसायका लागि पनि मौकाको सिर्जना गरेको छ।
दोस्रो, चीन विश्वमा एउटा मात्रै सबै औद्योगिक वर्ग रहेको मुलुक हो। त्यसैले आपूर्ति श्रृंखलाको श्रेष्ठता ज्यादै स्पष्ट छ। एकातिर चिनियाँ आपूर्ति श्रृंखलाको श्रेष्ठताले अन्तर्राष्ट्रिय व्यवसाय र विदेशबाट आयातित व्यवसायका लागि लागतको बचत गरेको छ। जसले अन्तर्राष्ट्रिय व्यवसायलाई चीनमा लगानी गर्न आकर्षित गरेको छ। अर्कातिर चीनबाट निर्यातित अन्तिम सामानमा धेरै मात्राका अरू देशबाट उत्पादित कच्चा माल र भागहरु छन्। यो अरू देशहरूको आर्थिक स्थिरताका लागि सहयोगी रहेको छ।
तेस्रो, चीनको वैदेशिक लगानीले विश्वको आर्थिक वृद्धिमा पनि महत्वपूर्ण भूमिका खेलेको छ। चीन विश्वमा विदेशका लागि प्रत्यक्ष लगानी गर्ने दोस्रो ठूलो मुलुक हो। सन् 2018 विदेशमा चीनको लगानी 1 खर्ब 30 अर्ब अमेरिकी डलर पुगेर विदेशमा 1 करोड 70 लाख रोजगारको सिर्जना गर्नुका साथै 40 अर्ब अमेरिकी डलरको कर सिर्जना गरेको छ। चीनको वैदेशिक लगानीले ती मुलुकहरूलार्इ वास्तविक फाइदा पुर्याएर अवश्य नै आपसी आर्थिक सम्पर्कलार्इ घनिष्ट पारेको छ।
वर्तमान संरक्षणवाद र एकपक्षीयतावाद बढ्दा विश्वको औद्योगिक प्रणाली तथा बैकिंग स्थिरतामा खराब प्रभाव पारेको छ। विश्वको अर्थतन्त्रमा अनिश्चितता स्पष्ट रूपमा बढेको छ। यस्तो पृष्ठभूमिमा चीनले सुधारलार्इ अझ गहन र खुलापनलार्इ अझ विस्तार पार्ने कदमसँग ज्यादै महत्वपूर्ण अर्थ रहेको छ।
सुधार र खुलापनको 40 वर्षको अनुभवले चीनको विकास विश्वबाट विभाजित नहुने र विश्वको समृद्धि तथा स्थिरता चीनलाई चाहिने पुष्टि गरेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |