|
|
|
||
अमेरिकी सरकारले २ अरब २२ करोड अमेरिकी डलर बराबरका हातहतियार प्रबन्ध थाइवानलाई बेच्ने निर्णय गरेको छ। यसप्रति चीनले कडा विरोध गर्दै अमेरिकासँग औपचारिक सम्पर्क गर्न माग गरिसकेको छ।
उक्त गतिविधि एक चीन नीति तथा चीन-अमेरिका ३ बुँदे संयुक्त विज्ञप्तिमा तोकिएको विषयको विपरीत हो भने हालै जापानको ओसाका वार्तामा दुई देशका राष्ट्रनायकबीचको सहमतिको पनि उल्लंघन हो। यो चीनको आन्तरिक मामिलामाथिको क्रूर हस्तक्षेप हो। अमेरिकाले आगोसँग खेल्दैछ।
केही वर्षयता अमेरिकाले "तीन विज्ञप्ति र एक कानुन"को तरीकाद्वारा चीनका दुई किनाराबीचको सम्बन्धको सामना गर्दैआएको छ। तीन विज्ञप्ति चीन र अमेरिकाको ३ बुँदे संयुक्त विज्ञप्तिमार्फत् निश्चित "एक चीन नीति"हो। अमेरिकाले जन गणतन्त्र चीन सरकारलाई एउटै मात्रै वैधानिक सरकार हुनुका साथै थाइवान चीनको एउटा भाग भएको स्वीकार गरेको छ। त्यसमध्ये अमेरिकाले थाइवानलाई बेच्ने हतियार क्रमशः घटेर अन्त्यमा समस्या समाप्त गर्ने विषय सन् 1982 "अगष्ट 17 विज्ञप्ति"बाट स्पष्ट रूपमा तोकिएको थियो। त्यसका साथै अमेरिकाले "थाइवान सम्बन्धित कानुन" शीर्षकको राष्ट्रिय कानूनद्वारा थाइवानलाई सैन्य सहायता दिंदैआएको छ। थाइवानलाई हतियार बेच्नु चीन र अमेरिकाको सम्बन्धमा असर पार्ने नकारात्मक कारक तत्व बनेको छ। यो नयाँ अमेरिका सरकार गठनदेखि लगभग दुई वर्षमा चारपटक थाइवानलाई हतियार बेचिएको छ। यो अमेरिकी हतियार बिक्रेताको हितको चाहना पूरा गर्न मात्र होइन, यसबाट चीनको नियन्त्रण गर्न खोजिएको हो।
अमेरिकाले सधैं थाइवान कार्ड खेल्नुका पछाडि चीनमाथि दवाव दिने खतरनाक योजना लुकेको छ। तर केही अमेरिकी राजनीतिज्ञहरूले भनेका छन्, थाइवानको प्रयोगद्वारा चीनको नियन्त्रण गर्ने दुष्प्रयास सफल हुँदैन। यद्यपि थाइवानका केही शक्तिले अमेरिकी शक्तिसँग निर्भर भएर मुख्य भूमिसँग द्वन्द्व गरेतापनि तिनीहरूले अर्थतन्त्रको विश्वव्यापीकरणको प्रवृत्ति र जनताको भावनालाई रोक्न सक्दैनन्। हालै दुई किनाराबीच घनिष्ट औद्योगिक श्रृंखला र आपूर्ति श्रृखंलाको निर्माण भइसकेको छ। मुख्यभूमि थाइवानको सबैभन्दा ठूलो व्यापारिक साझेदारी, निर्यात बजार र सबैभन्दा मुख्य लगानी लक्ष्य हो। सन् 2018 दुई किनाराको व्यापारिक रकम करिब दुई खर्ब अमेरिकी डलर हुनुका साथै मुख्यभूमिमा आएका थाइवानीहरूको संख्या पटक-पटक गरी 40 लाखभन्दा बढी पुगेको छ। दुई किनाराबीचको मेलमिलाप विकासको स्तर गहिरो पारिनुका साथै सर्वसाधारणको भावना पनि बढेको छ।
त्यसैगरी थाइवानका सञ्चारमाध्यमले अमेरिकाले थाइवानलाई सम्झौता कार्डको रूपमा लिएको भन्दै विश्लेषण गरेको छ। दुई किनाराको सम्बन्धको विकास गर्ने नेतृत्व र पहल मुख्य भूमिको हातमा राखेको छ।
जापानको ओसाकामा चीन र अमेरिकाका राष्ट्रनायकहरूले वार्ता गर्दा समन्वय, सहयोग र स्थिरताको आधारमा दुई देशको सम्बन्धको विकास गर्ने सहमति गरेका थिए। यसैबेला अमेरिकाले फेरि थाइवानलाई हतियारको बिक्री गर्दा उक्त महत्वपूर्ण सहमतिको पनि विपरीत भएको छ। अमेरिकाको हतियारले थाइवानलाई सुरक्षा दिन सक्दैन। थाइवानको भविष्य देशको एकता हुनुका साथै थाइवान देशबन्धुको फाइदा राष्ट्रिय पुनःउत्थानसित सम्बन्धित छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |