|
|
|
||
चिनियाँ वाणिज्य मन्त्रालयबाट 11 तारिख बिहीबार प्रकाशित तथ्यांकका अनुसार, चालू वर्षको पूर्वार्धमा चीनले वास्तविक प्रयोग गरेको वैदेशिक लगानी 4 खर्ब 78 अर्ब 33 करोड चिनियाँ युआन पुगेको छ। उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा 7.2 प्रतिशतले बढेको छ। वर्तमान विश्व अर्थतन्त्रको जोखिम बढ्दै र विश्वमा प्रत्यक्ष वैदेशिक लगानीको वृद्धि विस्तार गर्दै पृष्ठभूमिमा चीनमा विदेशी लगानी उल्टो रूपमा बढेको छ। यो वास्तविक गतिविधिद्वारा चीनको अर्थतन्त्रलाई विश्वासको मतदान गरेको हो।
वर्तमान संरक्षणवाद र एकपक्षीयतावाद फैलिएका हुनाले अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास स्पष्ट रूपमा कम्जोर भएको देखिन्छ। गत वर्ष विश्वमा प्रत्यक्ष वैदेशिक लगानी अर्थात् एफडिआई सन् 2017को तुलनामा 13प्रतिशतले घटेको थियो। तर चिनियाँ बजारले भित्र्याएको विदेशी लगानी 4प्रतिशतले बढेको थियो। चालू वर्षका पहिला छ महिनामा चीनले भित्र्याएको विदेशी लगानी निरन्तर रूपमा बढेको छ। जसले चिनियाँ अर्थतन्त्रमा विशेष आकर्षण भएको पुष्टि गरेको छ।
चीनमा एक अर्ब चालीस करोड जनसंख्या रहेको उपभोग बजार र सबैभन्दा ठूलो मध्यम आय समूह रहेको छ। जसले चीनमा लगानीलाई वास्तविक लाभ दिएको छ। सन् 2018 विदेश तथा हंगकंग, मकाउ तथा थाइवानका व्यवसायको वास्तविक लाभ कूल 16 खर्ब 77 अर्ब 55 करोड चिनियाँ युआन पुगेर सन् 2017को तुलनामा 1.9प्रतिशतले बढेको छ। चिनियाँ सर्वसाधारणको उपभोग स्तर क्रमशः माथि उकास्नुका साथै चीनमा विदेशी लगानीको लाभ अवश्य नै अझ बढी हुनेछ।
विदेशी लगानी एक मुलुकको आर्थिक जैविक शक्तिको अवलोकन गर्ने महत्वपूर्ण झ्याल हो। चीनमा वैदेशिक लगानी बढेकोबाट चिनियाँ अर्थतन्त्रको विकास र भविष्य आशावादी भएको देखिन्छ। जुन महिनामा विश्व बैंकबाट सार्वजनिक "विश्व आर्थिक दृष्टिकोण" शीर्षकको प्रतिवेदनले चालू र आगामी वर्ष विश्व आर्थिक वृद्धिको पूर्वानुमानलाई घटाए तापनि चालू वर्ष चीनको आर्थिक वृद्धि प्रक्षेपणलाई कायम राखेर चीनसँग बाह्य चुनौतीको सामना गर्ने क्षमता रहेको ठहर गरेको छ।
यद्यपि वर्तमान अर्थतन्त्रको विश्वव्यापीकरणमा उल्टो गति भेटिए तापनि चीनले दृढताका साथ खुलापनलाई विस्तार गर्नुका साथै व्यापारको वातावरणलाई श्रेष्ठ पारेको छ। चीनको सदिच्छा र गतिविधिले चीनमा विदेशी व्यवसायलाई स्थिरता र विश्वास थपेको छ। यस वर्षमा अमेरिकी टेस्ला, एक्सोन मोबाइल कोर्प, प्रोक्टर तथा गाम्बल, जर्मनीको द बास्फ, दक्षिण कोरियाको एलजी चेम लगायत विश्वमा प्रसिद्ध कम्पनीले चीनमा व्यवस्थापनलाई तीव्र पारेका छन्। एपल कम्प्युटरअन्तर्गत म्याक प्रोको उत्पादन लाएन पनि अमेरिकाबाट चीनमा सार्ने जनाइएको छ।
विदेशी लगानीले चीनलाई नछोड्ने मात्र नभई लगानी थप्ने कारण उच्च गुणस्तरीय विकासतर्फ परिवर्तन हुँदै गरेको चिनियाँ अर्थतन्त्रमा ठूलो मौका रहेको संकेत हो। चिनियाँ अर्थतन्त्रसँगै विकास गर्ने इच्छा लिएका सबै विदेशी व्यवसायले चीनबाट अझ बढी मौका प्राप्त गर्नेछन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |