|
|
|
||
चिनियाँ वाणिज्य मन्त्रालयले 11 तारिख बिहीबार प्रकाशित गरेको तथ्यांक अनुसार, चालू वर्षको पूर्वार्धमा चीनले वास्तविक प्रयोग गरेको वैदेशिक लगानी 4 खर्ब 78 अर्ब 33 करोड चिनियाँ युआन पुगेको छ। उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा 7.2 प्रतिशतले बढेको छ।
सोही दिन आयोजित नियमित पत्रकर सम्मेलनमा वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले अघिल्ला छ महिनामा चीनको वास्तविक प्रयोग वैदेशिक लगानी स्थिरताका साथ बढ्नुका साथै वैदेशिक लगानी तीव्र गतिमा उच्च प्राविधिक उद्योगमा एकट्ठा गरेको जानकारी दिनुभएको छ।
उहाँले दिनुभएको जानकारी अनुसार, यस वर्षको पूर्वार्धमा उच्च प्राविधिक उद्योगको वास्तविक प्रयोग वैदेशिक लगानी गत वर्षको तुलनामा 44.3 प्रतिशतले बढेको छ। उच्च प्राविधिक उत्पादन उद्योगमा वास्तविक प्रयोग वैदेशिक लगानी 13.4 प्रतिशतले बढेको छ। र वास्तविक प्रयोग वैदेशिक लगानी सेवा उद्योगमा 71.1 प्रतिशतले वृद्धि भएको छ।
साथै अघिल्ला छ महिनामा चीनका लागि दक्षिण कोरिया, सिंगापूर, जापान र जर्मनीको लगानीले दोहोरो अंकको वृद्धि कायम राखेको छ।
पत्रकार सम्मेलनमा चीन र अमेरिकाको व्यापारिक विवादको प्रभावमा केही विदेशी पूँजीको व्यवसायलाई जवाफ दिइने चिन्ताका कारण चीनबाट अन्यत्र स्थानान्तरण गर्नेबारेको प्रश्न केही सञ्चार माध्यमले सोधेका थिए। उक्त प्रश्नको उतर दिंदै चिनियाँ वाणिज्य मन्त्रालयले यी विदेशी व्यवसायको चिन्तामाथि ध्यान दिएर हाल चीनबाट धेरै विदेशी व्यवसाय छोड्ने अवस्था नभएको चर्चा पनि प्रवक्ता काउले गर्नुभयो। उहाँका अनुसार, चीनले सधैं विदेशी लगानीको गतिविधिमाथि ज्यादै महत्व दिएको छ। हाल चीनले "वैदेशिक लगानी कानून" प्रस्तुत गर्ने, देशभरि तथा स्वतन्त्र व्यापार परिक्षण क्षेत्रमा लगानी पहुँचको नकारात्मक सूचीलाई कम गर्ने आदि नयाँ कदमद्वारा चीनमा विदेशी व्यवसायको विकासलाई समर्थन गर्दै आइरहेको छ। साथै चीन सरकारले विभिन्न तहमा विदेशी व्यवसायसँग गोष्ठी गरेर विदेशी व्यवसायको विचार र सुझाव सुन्नुका साथै वास्तविक कठिनाइको समाधान गरेको छ। जसबाट विदेशी व्यवसायको विकासलाई समर्थन दिने चीन सरकारको अठोटमा कुनै परिवर्तन नहुने पुष्टि गरिएको छ। चीनले कुनै विदेशी व्यवसायमाथि दवाव दिने वा भेदभाव गर्ने गरेको छैन। चीनले चीनमा विदेशी व्यवसायको वैधानिक अधिकार र लाभको दृढ संरक्षण गर्नेछ।
चीन सरकारले बजारको खुलापनलाई अगाडि बढाउनुका साथै वैदेशिक लगानीको अधिकार तथा लाभको सुरक्षालाई अझ सबल पारेर विदेशी व्यवसायलाई अझ राम्रो सेवा दिनेबारेमा पनि प्रवक्ता काउले जोड दिनुभएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |