|
|
|
||
हाल अमेरिकाका एक सयभन्दा बढी तथाकथित हार्डलाइनरहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठी पठाएर चीनले विस्तारवाद र राष्ट्रिय शक्ति प्रयोग गरी अरूमाथि हिंसा र त्रास थपेको भन्दै निन्दा गरेका छन्। तर धेरैजसोको विचारमा यस्तो हर्कतमा चीनको सट्टा अमेरिकालाई राखेमा एकदमै उचित हुनेछ।
उक्त सार्वजनिक चिठीका लेखक अमेरिकाका एक जना सेवानिवृत्त नौसेना अधिकारी थिए। उनीसँग मिलेर चिठीमा हस्ताक्षर गरेकामध्ये सेवानिवृत्त सैनिक पनि छन् र जासुस पनि छन्। उनीहरू चीन-अमेरिका सम्बन्धका जिम्मेवार छलफलकर्ता भने होइनन्।
उदाहरणको लागि अमेरिकाको राजनीतिक प्रणालीमा राजनीति सामान्य हो र युद्ध नै अपवाद हो तर चीन उल्टो हो भन्ने कुरा उनीहरूले भनेका छन्। यो धारणा निकै हास्यास्पद हो। तथ्याङ्कका अनुसार, सन् १७७६ मा स्थापना भए यताका दुई सय वर्षभन्दा लामो समयसम्म नब्बे प्रतिशतभन्दा बढी समय अमेरिका युद्धको अवस्थामा रहेको छ। शान्तिपूर्ण राष्ट्रपतिको रूपमा मानिएको ओबामाको कार्यावधिको अन्तिम वर्षमा अमेरिकाले सात मुलुकलाई छब्बीस हजार बम खसालेको थियो। तर नयाँ चीन स्थापना भएको ७० वर्षयता चीनले कुनै पनि युद्ध वा भिडन्त गरेको छैन। त्यसैले वास्तवमा विश्व शान्तिको बाधक को हो नि?
केही वर्षयता विश्वका ठूला सुरक्षा संकट गतिविधि पछाडि अमेरिका देखिरहन्छ उस्ले आतंकवादको विरोधको नाममा अफ्गानिस्तान, इराकमाथि युद्ध थोपरेको छ, सिरियामाथि सैनिक प्रहार गरेको छ जसबाट धेरै सर्वसाधारणको हताहती भएको छ। र युरोपेली मुलुकमा शरणार्थी संकट उत्पन्न गराएको छ। यसै अमेरिकी सरकारले अझ कडा एकपक्षीयतावादी नीति चलाएको छ जस्तो भनौँ जेरूसेलमलाई इजरेलको राजधानीको रूपमा स्वीकार गर्यो, संयुक्त राष्ट्र संघको निर्णय र अन्तर्राष्ट्रिय समूहको सहमतिहरू सार्वजनिक रूपमा कुल्चियो, इरान आणविक सम्झौताबाट एकपक्षीय रूपमा हटेर मध्य-पूर्वमा तनावपूर्ण अवस्था सिर्जना गर्यो, अमेरिका-रूस मध्यमदूरी आणविक सन्धि छोडेर विश्व रणनीतिक सुरक्षाको आधारलाई बिगार्यो। तथाकथित स्वतन्त्र नौयात्राको निहुँमा विश्वका दशौँ मुलुकमा नौसेना जहाज खटायो। प्रभुत्व आधारित अमेरिका नै विश्व शान्तिको प्रमुख विनाशक र विश्व खलबल पार्ने स्रोत हो।
स्टोखोल्म अन्तर्राष्ट्रिय शान्ति अध्ययन प्रतिष्ठानको तथ्याङ्क अनुसार, सन् २०१८ अमेरिकाको सैन्य खर्च छ खर्ब चालीस अर्ब अमेरिकी डलर नाघेको छ भने विश्वको पहिलो स्थानमा बसेको छ साथै त्यसपछिका आठ मुलुकका सैन्य खर्चको कूल मात्रासँग बराबर छ। चीनले चौब्बीस तारिख सार्वजनिक गरेको नयाँ युगमा चीनको राष्ट्रिय रक्षा श्वेतपत्रमा जहिले पनि प्रभुत्व नचल्ने, विस्तारवादी नबन्ने, प्रभावको दायरा नखोज्ने नयाँ युगमा चीनको रक्षाको विशेषताको स्पष्टता देखाइएको छ।
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरले पनि भन्नुभएको थियो अमेरिका विश्वका सबैभन्दा बढी युद्ध मन पराउने मुलुक हो तर चीनले युद्धमा एक पैसा पनि खेर फालेको छैन। मलेशियाका प्रधानमन्त्री माहाथिरले पनि भन्नुभएको थियो मलेशिया र चीनबीच लगभग दुई हजार वर्षको सम्बन्ध छ चीनले कहिले पनि मलेशियामाथि आक्रमण गरेको छैन, चीनले कहिले पनि विस्तारवाद चाहेको छैन, आफ्नो दुःख अरूमाथि पनि थोपरेको छैन।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |