|
|
|
||
हाल फेडेक्सले नाम र ठेगाना बमोजिम एक्सप्रेस डेलिभरि नगरेकोबारे चीनका सम्बन्धित विभागले वैधानिक रूपमा अनुसन्धान थालेपछि पत्ता लागेको छ किः चिनियाँ ह्वावै कम्पनीका एक्सप्रेस डेलिभरिलाई अमेरिकामा पुर्याउनु गलत गतिविधि भएको फेडेक्सको भनाइ र तथ्यसँग अनुकूल छैन। साथै फेडेक्सले लगभग एक सय वटा ह्वावै कम्पनीका आयात एक्सप्रेस डेलिभरि रोकेको आशंका छ भने अरू केही अवैधानिक वा नियम विपरीत सूचना पनि भेटिएको छ।
उक्त पछिल्लो चरणवद्ध अनुसन्धानको नतिजाले सर्वसाधारणको चासोको प्रतिकृया दिएर कानून बमोजिम ग्राहक हितको संरक्षण गर्ने चीनको अठोट देखाएको छ साथै व्यवहारिक कारवाहीमार्फत प्रमाणित गरेको छ: कुनै पनि चिनियाँ व्यवसाय र व्यक्तिको कानून निर्दिष्ट अधिकार छैन र फेडेक्सले चिनियाँ ग्राहकलाई एक स्पष्ट जवाफ दिनुपर्छ।
अमेरिकी ठूलो एक्सप्रेस कम्पनीको रूपमा रहेको फेडेक्सले तीस वर्षअघिदेखि चीनमा व्यापार व्यवसाय गरेको हो। त्यसैले चीनको कानून-नियमसँग निकै परिचित हुनैपपर्छ र आवश्यक अनुवन्धनको भावना पनि हुनैपर्छ। तर गत मे महिनामा अमेरिका सरकारले ह्वावै कम्पनीलाई निर्यात नियन्त्रण संस्थाको सूचीमा राखेपछि फेडेक्सले धेरै पटक गरी ह्वावैका एक्सप्रेस डेलिभरिमाथि चलाखीको खेल खेलेको छ। उक्त गतिविधि सार्वजनिक भएपछि फेडेक्सले पहिला अस्वीकार गर्यो र पछि फेरि गलत रूपमा ट्रान्सपोर्ट गरेको बतायो। तर हाल अनुसन्धानले उक्त भनाइ र तथ्यसँग अनुकूल नभएको भेटिएको छ जसबाट फेडेक्सको व्यापार सत्यताबारे सबैमा प्रश्न जन्मिएको छ। ग्राहकको वैधानिक हितमा गम्भीर रूपमा हानी गर्नुका साथै आफ्नै भनाइ असंगति भएको र 'लूपहोल' धेरै भएको फेडेक्स नै चिनियाँ व्यवसाय र व्यक्तिको विश्वास अझै गर्न लायक छ र?
साथै चीनका विभागले अनुसन्धान गर्दा फेडेक्सले ह्वावैका लगभग एक सय वटा एक्सप्रेस डेलिभरिलाई रोकेको आशंका गरेको छ। त्यत्रो मात्रा र लक्ष्यबारे व्यापार गतिविधिले गरेको हुँदैन तर मानिसमा शंका सजिलै जन्मिनसक्छ। फेडेक्सको व्यापारिक लापरवाही छूट होइन तर अमेरिकी सरकारको हस्तक्षेपपूर्ण न्याय प्रणालीको सहयोगी कृत्य हो। वास्तवमा गत जुन २४ तारिख फेडेक्सले अमेरिकी वाणिज्य मन्त्रालयलाई अदालतमा राखेको थियो र निर्यात व्यवस्थापन नियम तथा अमेरिकी कानुन उल्लङ्घन भएर आफ्नो सम्बन्धमा नभएको सार्वजनिक वाहकको भारी आफ्नो काँधमा राखेकोबारे आरोप लगाएको थियो जसबाट फेडेक्स र अमेरिकी सरकारबीच अरूलाई भन्न नमिल्ने सम्बन्ध पनि देखिएको छ।
यसबाहेक चीनका विभागले अनुसन्धान गर्दा फेडेक्सका अरू अवैधानिक सूचना भेटाएको छ। जसबाट अरू अनुसन्धान गरी चिनियाँ ग्राहकको हितलाई हानी गर्ने फेडेक्सका अरू बढी गतिबिधि भेटाउनसकिने संभावना देखिनेछ।
चीनमा विदेशी व्यवसायलाई व्यापारका लागि चीनले स्वागत गर्छ तर पूर्वसर्त के हो भने चीनको कानून-नियम र बजार नियम तथा अनुबन्धनको भावनाको पालन गर्नुपर्छ। हाल चीनले अविश्वासनीय संस्था सूचीको प्रणालीको स्थापना गरेको छ र चीनका सम्बन्धित कानून-नियमबमोजिम सूचीमा राखिएका संस्थाहरूविरूद्ध आवश्यक कानूनी र प्रशासनिक कदम चल्नेछ। कानून-नियम पालना गर्ने विदेशी व्यवसायले मात्रै चीनमा फराकिलो भविष्य देख्न सक्नेछन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |