|
|
|
||
उक्त उपलब्धि हासिल गर्न अप्ठ्यारो छ। सन् २०१८ को फेब्रअरीदेखि हालसम्म चीन र अमेरिकाले कूल बाह्र चरणको वार्ता गरिसकेका छन्। वार्तामा ठूलो प्रगति हासिल भए तापनि धेरै कठिनाईहरु देखा परेका छन्। विशेष गरी गत मे १० तारिखदेखि अमेरिकाले दुई खर्ब अमेरिकी डलर मूल्यको चिनियाँ सामानमाथि थप भन्सार कर लगाएपछि वार्ताको प्रक्रिया अवरोध हुन गई विश्व अर्थतन्त्रमा समेत हानि पुर्याएको छ।
इतिहास तथा वास्तविकताबाट व्यापार लडाईंमा कुनै पक्ष पनि विजय हुँदैन र चीन र अमेरिकाबीच पनि सहकार्य मात्रै एउटा उचित छनौट हो। यस वर्षको जुन महिनाको अन्त्यमा दुई मुलुकका राष्ट्रनायकले ओसाका भेट-वार्तामा व्यापारीक समस्याको समाधान गर्न समानता तथा आपसी सम्मानको आधारमा आर्थिक तथा व्यापारिक परामर्शको पुन:आयोजना गर्ने सहमति जनाउनुभयो। यस्तो पृष्ठभूमिमा बाह्रौं चरणको चीन-अमेरिका आर्थिक तथा व्यापारिक उच्च स्तरीय परामर्श अर्थपूर्ण रहेको छ।
यस चरणको छलफलको परिणामबाट हेर्दा दुवै पक्षले संवेदनशील तथा अपठ्यारो समस्यालाई छोटो समयमा आपसी केन्द्रीत मामिला लगायत धेरै विषयहरुबारे वैचारिक आदान-प्रदान गरी समस्या तथा अन्तर्विरोधको समाधान गर्ने व्यावहारिक धारणा अभिव्यक्त गरेका देखिन्छ।
यसका साथै चीन र अमेरिकाले कृषि उपजको किनमेलबारे पनि छलफल गरेका छन्। आन्तरिक मांग बमोजिम चीनले अमेरिकासँग पहिलेभन्दा अधिक मात्रामा कृषि उपज किनमेल गर्ने तथा अमेरिकाले किनमेलका लागि उपयोगी वातावरणको तयारी गर्ने छ। जसबाट दुवै पक्षले दुई मुलुकका राष्ट्रनायक बीच ओसाका भेट-वार्तामा सम्पन्न सहमतिलाई व्यवहारमा उतार्ने इच्छा देखाएका देखिन्छ।
यस चरणको परामर्शमा दुई पक्षले आगामी सेप्टेम्बरमा अमेरिकामा अर्को चरणको चीन-अमेरिका आर्थिक तथा व्यापारिक उच्च स्तरीय परामर्शको आयोजना गर्ने निर्धारण गरेका छन् । प्राप्त जानकारी अनुसार,अर्को चरणको परामर्शअघि दुवै पक्षका कार्य-समूहले आगामी अगष्ट महिनामा छलफल गर्नेछन्। जसबाट वार्तालाई निरन्तरता दिने दुवै पक्षको इच्छा रहेको देखिन्छ।
एक वर्षसम्म चलेको चीन-अमेरिका आर्थिक तथा व्यापारिक परामर्शको पुनरावलोकन गर्दा दुवै पक्षले धरै कठिनाईको सामना गरी पुन:वार्ताको आयोजना गरेको प्रक्रिया पनि निकै असहज थियो। त्यसैले दुवै पक्ष वास्तविक गतिबिधिमार्फत अघि बढ्नुपर्छ।
उत्तरदायीत्वयुक्त विश्वको दोस्रो आर्थिक समूदायको रुपमा चीनले चीन-अमेरिका आर्थिक तथा व्यापार परामर्शप्रति सधैं अघि बढ्ने दृष्टिकोण लिँदै आएको छ। आर्थिक तथा व्यापारिक क्षेत्रमा रहेका मतभेद तथा विवादको समाधान गर्न अन्तमा वार्ता तथा छलफल गर्नुपर्ने आवश्यक्ता छ। तथापि सहयोगका लागि न्यूनतम सिद्धान्त छदैँछ। महत्वपूर्ण सैद्धान्तिक समस्यामा चीनले पछि हट्ने छैन। परिस्थिति जुनसुकै परिवर्तन भएमा चीनले सुधारलाई गहन पार्नुका साथै खुलापनको विस्तार गर्नेछ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |