फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा कानसुका विभिन्न स्थानको अवलोकन

(GMT+08:00) 2019-08-22 16:26:58

कान सु प्रान्तको भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले 21 तारिख बिहान ऊवै शहरमा गरिबी निवारणका लागि स्थानान्तरित नयाँ क्षेत्रको निरीक्षण गर्नुभएको छ। उहाँले त्यहाँ स्कूल र सर्वसाधारणको घरमा छुट्टा-छुट्टै रूपमा बालबालिका र गाउँलेहरूसँग कुराकानी गर्नुभयो।

त्यसपछि उहाँले कुलाङ जिल्लास्थित वन फार्ममा गएर बालुवाको प्रतिरक्षा तथा व्यवस्था र स्थानीय तीन पुस्ताले बालुवाको व्यवस्था र वनस्पति संरक्षणबारेको कथा सुन्नुभएको छ। उहाँले पर्यावरणीय सभ्यतालाई महत्व दिएर सुन्दर चीनको निर्माण गर्ने औंल्याउनुभएको छ।

21 तारिख दिउँसो राष्ट्राध्यक्ष सीले कान्सु प्रान्तीय लानचौ शहरमा पहेंलो नदीको व्यवस्थापन केन्द्रमा पहेंलो नदीको व्यवस्था र संरक्षण, बाँधको सुदृढीकरण र बाढीको प्रतिरक्षा कार्यक्रम लगायत अवस्थाबारे जानकारी लिनुभएको छ। त्यसपछि उहाँले तु च अर्थात् पाठक प्रकाशन समूहको पनि निरीक्षण गर्नुभयो।

1  2  3  4  5  
जानकारी तथा लेखहरु