फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# चीनको चि लीन प्रान्तको पुरानो उद्योग आधार क्षेत्रको उदय

(GMT+08:00) 2019-08-23 15:21:01

चि लीन प्रान्त चीनको महत्वपूर्ण पुरानो उद्योग आधार क्षेत्र थियो साथै महत्वपूर्ण खाद्यन्न आधार क्षेत्र र महत्वपूर्ण सिमाना प्रान्त पनि हो। नयाँ चीनको पहिलो मोटर गाडी, पहिलो रेल चि लीन प्रान्तमा उत्पादन गरिएको थियो। चिनियाँ प्रथम मोटर गाडी समूह, छाङ छुन रेल कम्पनीआदि राष्ट्रिय स्वामित्वयुक्त उद्योग-व्यवसायहरू चि लीन प्रान्तमा छ। चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत चि लीन प्रान्त समितिका सचिव बा यिन छाउ लुले हालै पैचिङमा आयोजित एक कार्यक्रममा भन्नुहुन्छ "हामीले व्हा वै, खा ता श्युन फैआदि इन्टर्नेट उद्योग-व्यवसायहरूलाई मोटर गाडी व्यवसायसँग गहिरो रुपमा सम्मिश्रण गर्न समर्थन दिनुका साथै परम्परागत व्यवसाय र डिजिटल अर्थतन्त्रबीचको मिश्रित विकासलाई अगाडि बढाएका छौं। गत वर्षदेखि हामीले हुङ छि स्मार्ट हरित बस्तीको निर्माण थालेका छौं। आविष्कार, अनुसन्धान तथा विकास, उत्पादन, सेवाआदि क्षेत्रमा सूचना प्रसारको गति प्रदान गरिएको छ। हामीले मोटर गाडी संस्कृतिसित मिश्रित हुने स्मार्ट हरित बस्तीको निर्माण गर्ने छौं।"

गत वर्ष चि लीन प्रान्तको जी.डी.पी. १५ खर्ब ७ अर्ब ४० करोड चिनियाँ युआन पुगेको थियो भने प्रति व्यक्तिको जी.डी.पी. ५५ हजार ६ सय ११ चिनियाँ युआन पुगेको थियो। जुन नयाँ चीनको स्थापना भएको शुरुको तुलनामा क्रमशः १६८ गुणा र ३६३ गुणाले वृद्धि भएको थियो। चि लीन प्रान्तका प्रमुख चिङ च्युन हाईले चालू वर्षको पूर्वार्धमा समस्त प्रान्तमा नयाँ ७६६ वटा नयाँ परियोजना सार्वजनिक गरिएको र १ खर्ब १५ अर्ब चिनियँ युआनको परियोजना रकम तयार भइसकेको बताउनुभयो।

1  2  3  
जानकारी तथा लेखहरु