फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा क्रान्ति स्मारक क्षेत्रको निरीक्षण

(GMT+08:00) 2019-09-13 15:02:09

नयाँ चीन स्थापनाको 70औं वार्षिकोत्सवअघि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले 12 तारिख पैचिङको स्याङशानस्थित पार्टी केन्द्रिय समितिको क्रान्ति स्मारक क्षेत्रमा गएर क्रान्तिको पूराना साइट र क्रान्ति स्मारक भवनको निरीक्षण गर्नुका साथै "नयाँ चीनका लागि आधारको तयारी" विषयक प्रदर्शनीको अवलोकन गरेर कमरेड माउ च तुङ लगायत क्रान्तिकारीहरूको उपलब्धिको सम्झना गर्नुभएको छ।

सी चिनफिङले सम्बोधन गर्दै पूरै पार्टी र विभिन्न जाति जातिबीच घनिष्ठ एकताको प्रारम्भिक इच्छा नबिर्सनुका साथै मिसनलाई दृढतापूर्वक याद गरी नयाँ सिर्जना गरेर चिनियाँ विशेषतायुक्त समाजवादी मार्गतिर विश्वासिलो रूपमा नयाँ चीनको राम्ररी निर्माण तथा विकास गर्न आह्वान गर्नुभएको छ। लक्ष्यलाई साकार तुल्याउन र चीन राष्ट्रको पुनरूत्थानको सपना साकार तुल्याउनका लागि पनि अथक प्रयास गर्नुपर्छ, उहाँले भन्नुभयो।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु