चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अक्टुबर १३ तारिख नेपालको कम्युनिष्ट पार्टीका सहअध्यक्ष पुष्प कमल दाहालसँग भेट-वार्ता गर्नुभएको छ।
राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टी तथा नेपाली कम्युनिष्ट पार्टीको मार्गदर्शक विचारधारा मार्क्सवाद रहेको र नेपाली पार्टीसँगको आदान-प्रदानलाई सबल पार्न, नियमित आदान-प्रदानको प्रणालीलाई निर्माण गर्न, पार्टीको व्यवस्थापन गर्न तथा राजनैतिक प्रशासनका अनुभवहरूबारेमा वैचारिक आदान-प्रदानलाई थप प्रवर्द्धन गर्न चीन इच्छुक रहेको व्यक्त गर्नुभयो।
सहअध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीसँगको दीर्घकालिन सम्बन्धलाई निर्माण गर्ने साथै चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय तथा राजनैतिक प्रशासनको सफल अनुभवलाई सिक्न नेपाल इच्छुक रहेको व्यक्त गर्नुभयो।