
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको दोस्रो अनौपचारिक वार्ता र नेपालको राजकीय भमण पूरा गरी तेह्र तारिख राती पैचिङ फर्किनुभएको छ।

नेपाल समयअनुसार, तेह्र तारिख मध्यान्ह सी काठमाण्डौँ छोडेर चीनतर्फ लाग्नुभएको थियो। हजारौँ नेपाली सर्वसाधारणले विमानस्थल पुग्ने मार्गका दुवैपट्टि उभिएर विदाइ गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा सीका लागि भव्य विदाइ समारोहको आयोजना गर्नुभयो। साथै नेपालका उप-राष्ट्रपति नन्दबहादुर पुन, नेपालका प्रधानमन्त्री कपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीमण्डलका सबै सदस्य, सेनाका वरिष्ठ जनरल लगायत विदाइ समारोहमा उपस्थित भएका थिए।