फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उच्च प्राविधिक उद्योगद्वारा बेल्ट एण्ड रोडको निर्माणलाई अघि बढाउँदै- नेपाली सम्वाददाताको आँखामा च्याङमन

(GMT+08:00) 2019-10-21 18:52:53

 

अक्टोबर १९ तारिख सन् २०१९ बेल्ट एण्ड रोड आवद्ध देशका मुख्य सञ्चार माध्यमको ठूलो खाडी क्षेत्रको यात्रा शीर्षक कार्यक्रमको दोस्रो दिन हो। सञ्चार माध्यमका प्रतिनिधिहरुले चिनियाँ मूलका विदेशी तथा प्रबासी चिनियाँका लागि उयी संग्रहालय, क्वाङ तुङ प्रान्तीय खचे मशीनरी स्वचालन लिमिटेड कम्पनी, चुसीछ्वाङकु(च्याङमन) विज्ञान तथा प्रविधि पार्कको भ्रमण गरेको छ।

यो कार्यक्रम क्वाङ तुङ प्रान्तीय सरकारी प्रेस कार्यालयद्वारा आयोजित र चाइना मिडिया ग्रुपअन्तर्गत सीआरआई अन लाइनद्वारा संयोजक भएको हो। सो क्रममा नेपाली राससका उच्चस्तरीय उप-सम्पादक महेद्र सुवेदीले च्याङमन कति राम्रो शहर हो र यस शहरले उद्योगको विकासमा कति राम्रो काम गरेको प्रशंसा गर्नुभयो।

क्वाङ तुङ प्रान्तीय खचे मशीनरी स्वचालन लिमिटेड कम्पनी च्याङमन शहरमा विज्ञान र प्रविधि व्यवसायहरूमध्येको एक हो। उसका उत्पादन विद्युतीय संचार, सटीक चिकित्सा, गाडी निर्माण लगायत क्षेत्र समेटिएर अमेरिका, जर्मनी, बेलायत, जापान आदि मुलुकमा विक्री भएका छन्। मालसामानको गुणस्तर राम्रो हुनुका साथै उच्चस्तरीय तथा बौद्धिक भएको टिप्पणी सुवेदीले गर्नुभयो।

चुसीछ्वाङकु(च्याङमन) विज्ञान तथा प्रविधि पार्कको भ्रमण गर्दै सुवेदीले यसरी भन्नुभयो -विज्ञान तथा प्रविधि पार्कले व्यवसायलाई चिनियाँ तथा विदेशी विश्वविद्यालय तथा वैज्ञानिक अनुसन्धान संस्थासँग आदान-प्रदान गर्ने मौका दिएको छ। यसरी व्यवसायले प्राविधिक समर्थन पाउनुका साथै उच्च विज्ञान तथा प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई पनि बढाउनेछ।

क्वाङतुङ, हंगकंग तथा मकाउ ठूलो खाडी क्षेत्रका शहर तथा क्षेत्रबीचको सम्पर्क ज्यादै घनिष्ट छ। नेपाली व्यवसायले च्याङमन लगायत सो क्षेत्रका कुनै क्षेत्रसँग आर्थिक तथा व्यापारिक आदान-प्रदान सुरू गरेमा सम्भावित रूपमा पूरै ठूलो खाडी क्षेत्रको श्रोत तथा बजार पाउनेछ। भविष्यमा च्याङमन शहरले वैज्ञानिक अनुसन्धान क्षेत्रमा आफ्नो श्रेष्ठताको प्रयोग गरी बेल्ट एण्ड रोड आवद्ध देश तथा क्षेत्रका व्यवसायबीचको सहयोगलाई सबल पार्ने आशा सुवेदीले गर्नुभयो।

कार्यक्रमको अवसरमा सञ्चार माध्यम मण्डलले चाइना मिडिया ग्रुप तथा क्वाङ तुङ प्रान्तीय सरकारद्वारा आयोजित तेस्रो २१ औँ शताब्दी समुद्री रेश्मी मार्ग अन्तर्राष्ट्रिय प्रसार मञ्चमा भाग लिने जनाइएको छ।

जानकारी तथा लेखहरु