फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ध्रुवीय क्षेत्रको सर्वेक्षण गर्ने शक्तिशाली मुलुक चीन बन्दै

(GMT+08:00) 2019-10-24 10:18:49

सन् १९८४को डिसेम्बर ३० तारिख चीनले पहिलो पटक राष्ट्रिय झण्डालाई दक्षिणी ध्रुवको भूभागमा गाडेको थियो। एक महिनापछि चीनले आफ्नो पहिलो सर्वेक्षण स्टेशन-विशाल पर्खाल स्टेशनको निर्माण गरेको थियो। सन् १९८९को फेब्रअरीमा चीनले दोस्रो सर्वेक्षण स्टेशन –चौङ शान स्टेशनको निर्माण गरेको थियो। सन् २००९मा चीनले तेस्रो सर्वेक्षण स्टेशन –खुन लुन स्टेशनको निर्माण गरेको थियो। सन् २०१४ मा चौङ शान स्टेशन र खुन लुन स्टेशन बीचमा रहेको थाई शान स्टेशनको निर्माण पूरा भएको थियो। हाल चीनको पाँचौं सर्वेक्षण स्टेशन-लो स हाई सिन स्टेशनको निर्माण भइरहेको छ। चीन यतिखेर ध्रुवीय क्षेत्रको सर्वेक्षण गर्ने शक्तिशाली मुलुक बन्दैछ।


1  2  
जानकारी तथा लेखहरु