|
|
|
||
चीन-अमेरिका आर्थिक तथा व्यापारिक उच्च स्तरीय वार्ताका दुई पक्षीय पहलकर्ताहरूबीच अक्टोबर २५ तारिख टेलिफोन वार्ता भएको छ। दुई पक्षले आ-आफ्नो केन्द्रीय चासो व्यावहारिक रुपमा समाधान गर्न स्वीकार गरेका छन् भने, केही प्राविधिक छलफल आधारभूत रुपमा पूरा भइसकेको कुरा निश्चित गरेका छन्। यो दुई हप्ताअघि नयाँ चरणको चीन-अमेरिका आर्थिक तथा व्यापारिक उच्च स्तरीय वार्ताको उपलब्धि व्यवहारमा उतारिने ठोस अवस्था हो। यसबाट दुई पक्षले सम्झौतामा हस्ताक्षर गर्ने लक्ष्यतर्फ निरन्तर रुपमा लम्केको कुरा प्रतिविम्वित भएको छ।
दुई हप्ताअघि नयाँ चरणको चीन-अमेरिका आर्थिक तथा व्यापारिक उच्चस्तरीय वार्ताले अनेकौं क्षेत्रहरूमा प्रगति हासिल गरेको छ भने सम्झौतामा हस्ताक्षर गर्नका लागि महत्वपूर्ण जग बसालेको छ। दुई हप्तायता दुई पक्षका आर्थिक तथा व्यापारिक कार्य-टोलीहरूले घनिष्ठ सम्पर्क र छलफल कायम राखेका र गत चरणको उच्चस्तरीय वार्तामा प्राप्त भएको सहमतिबमोजिमको कामलाई गति प्रदान गरेका थिए। पहलकर्ताहरूले प्रसारण गरेको सूचनाबाट दुई पक्षको छलफलले उपलब्धि हासिल गरेको कुरा प्रतिविम्वित भएको छ।
चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक सम्झौता गर्नका लागि दुई पक्षले समान र पारस्परिक सम्मानका आधारमा आ-आफ्नो केन्द्रीय चासोमा महत्व दिनुपर्ने छ। दुई पक्षका पहलकर्ताहरूले टेलिफोन वार्ता गर्दा आ-आफ्नो केन्द्रीय चासोको व्यवहारिक रुपमा समाधान गर्न स्वीकार गरेका छन्। यसबाट दुई पक्षको लक्ष्य साकार तुल्याउने क्रममा मुख्य अवरोध हटाउन सक्दो प्रयास गर्ने कुरा प्रतिविम्वित भएको छ। यो पारस्परिक विश्वासलाई घनिष्ठ पार्न र छलफललाई अगाडि बढाउनका लागि हितकर हुने छ।
दुई पक्षले चीनबाट परिपक्व पंक्षीको मासु र क्याटफिस उत्पादित-वस्तु अमेरिका लैजाँदा अनुगमन तथा व्यवस्थापन प्रणाली निश्चित गरेका छन्। अमेरिकातर्फ पंक्षीजन्य मासुको निर्यात सम्बन्धमा चीनद्वारा गरिएको निषेध आदेश हटाउने र मासुजन्य वस्तुको सार्वजनिक स्वास्थ्य सूचना प्रणालीआदि विषयहरूबारे पनि दुवै पक्षले सहमति हासिल गरेका छन्। यो एक महत्वपूर्ण प्रगति हो। यसबाट दुई पक्षले केही प्राविधिक समस्याको समाधान गर्दैआएका छन् र साझा लक्ष्यतिर अगाडि बढाउँदैआएका छन्। दुई पक्षले चरणवद्ध सम्झौतामा हस्ताक्षर गर्नका लागि जग बसालेका छन्।
एक वर्षभन्दा बढीको वार्ता र द्वन्द्वपछि चीन र अमेरिकाले समस्या समाधान गर्ने लिगमा पुनःफर्किनु सजिलो होइन। हाल चीन र अमेरिकाको आर्थिक तथा व्यापारिक वार्ता मुख्य चरणमा प्रवेश गरेको छ। दुई पक्षले मुश्किलले पाएको मौकालाई छोप्नसक्नुपर्ने, राम्रो वातावरण सिर्जना गर्नुपर्ने र सम्झौताको लक्ष्यमा पुग्न सक्दो प्रयास गर्नुपर्नेछ।
पारस्परिक सम्मानका आधारमा विवाद निरूपण गर्ने, पारस्परिक हितको आधारमा सहयोगलाई विस्तार गर्ने हो भने चीन र अमेरिकाले दुई पक्षक र विश्वका लागि हितकर हुने आर्थिक तथा व्यापारिक सम्झौता प्राप्त गर्ने सम्भावना रहेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |