फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पो शुरू हुँदै

(GMT+08:00) 2019-10-28 15:26:48

चिनियाँ दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर ५ तारिखदेखि १० तारिखसम्म शाङहाई शहरमा आयोजित हुँदैछ। यस पटकको एक्स्पोमा सहभागी हुने विभिन्न व्यवसायहरूको उत्साह तथा प्रदर्शन गरिने नयाँ उत्पादन र नयाँ प्रविधिहरू गएको एक्स्पोको तुलनामा बढी हुने संभावना छ।

जोन्सन एण्ड जोन्सन कम्पनीको ग्लोबल कार्यान्वयन समितिका उपाध्यक्ष जोआकिन डुआटोले एउटा अन्तर्वार्ता गएका दशौं वर्षदेखि चीनको आर्थिक विकास झन् बृहत् भएको र यस उत्कृष्ट युगमा स्वस्थ चीनको निर्माण तथा चिनियाँ जनताको स्वस्थ जीवनका लागि योगदान गर्न पाउनु खुशीको कुरा भएको बताउनुभयो।

प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी विश्वका सबैभन्दा ठूलो प्रसाधन सामग्री ग्रुप लोरियल यस पटकको एक्स्पोमा निरन्तर रूपमा सहाभागी हुने भएको छ। सन् २०१८ मा लोरियल ग्रुपले चीनमा आफ्नो वृद्धिदर ३३ प्रतिशत थप गरेको थियो भने हालसम्म यो ग्रुपको विश्वव्यापी दोस्रो ठूलो बजार नै चीन बनेको जनाइएको छ।

जानकारी तथा लेखहरु