फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाइना अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी हुने अवसर निकै मूल्यवान र "खुलस्त चिनियाँ बजारको निहित शक्ति" प्रतिबिम्बित

(GMT+08:00) 2019-10-30 18:54:57
दोस्रो चाइना अन्तर्राष्ट्रिय आयात एक्स्पो आगामी मङ्गलबारदेखि शुरु हुनेछ। पहिलो एक्स्पोको तुलनामा यस पटकको एक्स्पोमा आयोजना गरिने व्यावसायिक प्रदर्शनीको क्षेत्रफल २ लाख ७० हजार वर्गमिटरबाट बढेर अहिलेको ३ लाख ३० हजार वर्गमिटरसम्म पुगेको छ। दुई पटक गरी प्रदर्शनी क्षेत्रफलको विस्तार गरिए तापनि व्यवसायीहरूका लागि प्रदर्शनीमा सहभागी हुने अवसर निकै सीमित रहेको देखिन्छ।

प्राप्त जानकारी अनुसार, पहिलो सो एक्स्पोमा हस्ताक्षरित कूल रकम ५७ अर्ब ८३ करोड अमेरिकी डलर पुगेको थियो। अहिलेसम्म ती हस्ताक्षर गरिएका ठेक्कामध्ये ९० प्रतिशतभन्दा बढी भाग सम्पन्न भइसकेको छ। चाइना अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी हुने अवसर निकै मूल्यवान रहेको अवस्थाबाट "खुलस्त चिनियाँ बजारको निहित शक्ति निकै ठूलो हुने" कुरा प्रतिबिम्बित गरिएको छ।

जानकारी तथा लेखहरु