फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अर्थतन्त्रमा विश्वास बढेको विश्वका नामी व्यवसायको ठहर

(GMT+08:00) 2019-11-01 14:22:01
दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर ५ तारिखदेखि शुरु हुने भएको छ। केही दिनयता विश्वका धेरै नामी व्यवसायका जिम्मेवार व्यक्तिहरूले चिनियाँ केन्द्रिय टेलिभिजन स्टेसनलाई अन्तर्वार्ता दिंदै आयात एक्स्पोले चीन र विश्वको वाणिज्य आदानप्रदानलाई प्रवर्द्धन गर्ने बताएका छन्। साथै उनीहरुले चिनियाँ बजारमाथि ठूलो विश्वास गर्दै चिनियाँ आर्थिक विकासको सम्भावना उज्ज्वल रहेको प्रतिक्रिया पनि दिएका छन्।

लोरियल ग्रूपका प्रबन्धक जिन पल अगोनले अन्तर्वार्ता दिंदै चीनले खुला अर्थतन्त्रको वकालत गरेको, आयात एक्स्पोले वाणिज्य विकास तथा मुलुकहरूबीचको आदानप्रदानलाई अघि बढाउने सोच नै चीनको खुलापनको प्रतीक रहेको व्यक्त गर्नुभयो।

जापानी प्यानासोनिक इलेक्ट्रिक उपकरण चिनियाँ उत्तर पूर्वी कम्पनीका प्रबन्धक मोटोमा झेरोले चीन निरन्तर रुपमा विशाल उपभोक्ता मुलुक बन्दै गएको बताउँदै सिर्जनशीलता र उत्पादकत्व क्षेत्रमा पनि ठूलो मुलुक हुनुको पृष्ठभूमिमा प्यानासोनिक कम्पनीले चीनसँग अझ घनिष्ठ सम्बन्ध जोडेर चिनियाँ उत्कृष्ट व्यवसायबाट अनुभव लिनेछ बताउनुभयो।

उहाँले चिनियाँ विकास गति, चिनियाँ लागत र चिनियाँ वाणिज्य मोडलको रुपमा बजारमा चिनियाँ व्यवसायसँग प्रतिस्पर्धा गर्ने इच्छा लिनुका साथै प्यानासोनिक कम्पनीले चिनियाँ बजारको भविष्यमाथि ठूलो भरोसा गर्दै खुलापन उन्मुख चीनको प्रशंसा गर्नुभयो।

जानकारी तथा लेखहरु