फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आयात एक्स्पोमा उच्चस्तरिय प्रतिनिधि नपठाउने अमेरिकाको भनाइप्रति चीनको टिप्पणी

(GMT+08:00) 2019-11-02 15:00:33
दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा अमेरिकाले कुनै पनि उच्चस्तरीय प्रतिनिधि नपठाउने भनी व्यक्त गरेकोमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले हिजो नोभेम्बर एक तारिख नियमित पत्रकार सम्मेलनमा यसबारे प्रतिक्रिया दिनुभएको छ।

हालसम्म जम्मा ६३ वटा मुलुकले आयात एक्स्पोको मुलुक प्रदर्शनीमा भाग लिने बताउँदै प्रवक्ता कङ्गले एक सय पचासभन्दा बढी मुलुक र क्षेत्रका तीन हजारभन्दा बढी व्यवसायले प्रदर्शनीमा भाग लिने र यो संख्या पहिलो आयात एक्स्पोभन्दा बढी भएको बताउनुभयो।

'अमेरिकाले कोही पनि उच्च स्तरीय प्रतिनिधि नपठाउने व्यक्त गरेकोमा मेरो विचार के हो भने, उनीहरु आउने हो भने, हामीले हार्दिक स्वागत गर्छौं, नआउने हो भने हाम्रो लागि केही पनि क्षति हुने छैन' उहाँले यसरी भन्नुभयो।

चीन र अमेरिका आर्थिक व्यापारिक सहयोगको सारतत्व पारस्परिक हित कल्याण र पूर्ण सफलतामा भएको हो, दुवै पक्षको आर्थिक सम्बन्धमा समस्या उत्पन्न भएपनि सामान्य भएर दुई पक्षले आपसी कदर गर्ने र समानताका आधारमा उचित रुपमा यी समस्याको समाधान गर्नुपर्ने पत्रकार सम्मेलनमा प्रवक्ता कङ्गले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु