फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोस्रो चाइना अन्तर्राष्ट्रिय आयात एक्स्पो अन्तर्गत देश प्रदर्शनीमा पहिलो पल्ट सहभागी हुने देशको संख्या एक तिहाईभन्दा बढी

(GMT+08:00) 2019-11-02 17:03:38
दोस्रो चाइना अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर ५देखि १०तारिखसम्म शाङ्गहाईमा आयोजना गरिनेछ। यस पटकको आयात एक्स्पो अन्तर्गत देश प्रदर्शनीमा सहभागी मुख्य अतिथि मुलुकको संख्या पहिलो आयात एक्स्पोको १२ बाट बढेर अहिलेको १५ वटासम्म थपिएकोछ। जम्मा ६४ वटा मुख्य अतिथि मुलुकमध्ये एक तिहाईभन्दा बढी मुलुक पहिलो पल्ट आयात एक्स्पोमा सहभागी भएका हुन्। व्यावसायिक वाणिज्य प्रदर्शनीमा अमेरिका, जापान, जर्मनी, चीनको हङ्गकङ्ग र गणतन्त्र कोरिया आदि मुलुक र क्षेत्रका प्रदर्शनी स्टलको क्षेत्रफल अघिल्ला स्थानमा रहेका छन्।

यसबाहेक, ४० वटा कम विकसित मुलुक पनि व्यावसायिक वाणिज्य प्रदर्शनीमा भाग लिनेछन्। दोस्रो चाइना अन्तर्राष्ट्रिय आयात एक्स्पोले प्रत्येक मुलुकका लागि नि:शुल्क रुपमा दुईवटा स्तरीय प्रदर्शनी स्टल प्रदान गरेको छ।

चीनका सहायक वाणिज्य मन्त्री एवम् चाइना अन्तर्राष्ट्रिय आयात एक्स्पो संयोजन समितिको कार्यालयका उपप्रमुख रन होङ पिनले २ तारिख आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

जानकारी तथा लेखहरु