फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आयात एक्स्पोमाफत् चीनतर्फ आफ्नो निर्यात बढाउने इजिप्टको आशा

(GMT+08:00) 2019-11-03 16:48:40
दोस्रो चाइना अन्तर्राष्ट्रिय आयात एक्स्पो शुरु हुन लागेको परिप्रेक्ष्यमा मध्य पूर्व र अरब विश्वको ठूलो मुलुकको हैसियतले इजिप्टका जम्मा २२वटा व्यवसाय सो एक्स्पोमा सहभागी हुनेछन्। इजिप्टको व्यापार र उद्योग मन्त्रालय अन्तर्गत आयात विकास ब्युरोका प्रमुख अब्देल अजिज अल शेरिफले हालै हाम्रा सम्वाददातालाई अन्तर्वार्ता दिने क्रममा आयात एक्स्पोले इजिप्टको उत्पादन चीनमा प्रवेश गर्नका लागि निकै राम्रो अवसर प्रदान गरेको भन्दै अझ बढी इजिप्टेली उत्पादन चिनियाँ बजारमा प्रवेश गर्नसक्ने आशा व्यक्त गर्नुभएको छ।

प्रमुख शेरिफका अनुसार, यस पाली जम्मा २२वटा इजिप्टेली व्यवसाय सो एक्स्पोमा सहभागी हुनेछन्। तीमध्ये एक तिहाइभन्दा बढी व्यवसायहरू दोस्रो पल्ट आयात एक्स्पोमा सहभागी भएका हुन्। इजिप्टको प्रदर्शनी स्टलको कूल क्षेत्रफल २सय ४३ वर्गमिटरभन्दा बढी छ। तीमध्ये कृषि उत्पादन, हस्तकला, इजिनियरिङ र रासायनिक उद्योग आदि क्षेत्र पनि समावेश छन्। इजिप्टेली कृषि उत्पादित वस्तुको सबैभन्दा ठूलो श्रेष्ठता रहेको विश्वास पनि प्रमुख शेरिफले गर्नुभएको छ।

जानकारी तथा लेखहरु