फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सेवा व्यापार व्यवसायको उच्च उत्साह

(GMT+08:00) 2019-11-04 15:45:11

दोस्रो चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पो सुरू हुँदैछ। सो अवसरमा विश्वका विभिन्न सेवा व्यापार प्रदर्शकले शाङहाइमा भेला भएर रसद, खुद्रा बिक्री, वित्त, परामर्श, सेवा आउटसोर्स, साँस्कृतिक शिक्षा, रचनात्मक डिजाइन, पर्यटन सेवा आदि प्रदर्शन गर्नेछन्। ती हेर्न नपाइने सेवाहरूलाई एक्स्पोको सबभन्दा बलियो दिमागको रूपमा पनि मानिएको छ।

गत वर्षको पहिलो एक्स्पोमा बिक फोर अकाउन्टिङ फर्ममध्येको एकको रूपमा रहेको डेलोइत्तेले स्मार्ट सिटीको कार्यक्रम देखाएको थियो। त्यसपछि आयात एक्स्पोको प्रभावमा उक्त कार्यक्रमलाई व्यापारिक सामानसम्म बनाइएको छ जसबाट धेरै विदेशी व्यवसायले चीनमा व्यापार गर्ने नयाँ तथा सुविधाजनक बाटो पाएको देखिन्छ।

यसै एक्स्पोको अवधिमा धेरै सेवा व्यापार व्यवसायले पछिल्लो प्रवृत्ति र समाधान उपाय प्रदर्शन गर्नेछन् साथै एक्स्पोबाट हुने उपलब्धिबारे पनि धेरै अपेक्षा गरेका छन्। डेलोइत्ते मातहत चीनको नवीन सिर्जना विभागका प्रमुख लिउ मिङ ह्वाका अनुसार, चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पोबाट देशबीचको कूटनीति, विश्व थिङ्कट्यांकको विचार र व्यवसायबीच मिलेर व्यवस्थित रूपमा एकै ठाउँमा राखिएको ठूलो रचना भन्न मिल्छ।

जानकारी तथा लेखहरु