फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आयात एक्स्पोप्रति विश्वको सक्रिय धारणाः युएनसीटीएडीका महासचिव

(GMT+08:00) 2019-11-04 16:53:13

संयुक्त राष्ट्र संघीय व्यापार तथा विकास सम्मेलनका महासचिव मुखिसा कितुयीले चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पोले विभिन्न मुलुकको निर्यातलाई नयाँ मञ्च प्रदान गरेको छ भने विश्वको सक्रिय धारणा पाएको विचार व्यक्त गर्नुभएको छ।

सम्मेलनको प्रतिनिधिमण्डल दोस्रो चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पोका लागि प्रस्थान गर्नुअघि सीएमजीलाई अन्तर्वार्ता दिँदै कितुयीले उक्त कुरा बताउनुभएको हो। उहाँले यस वर्ष अझ बढी मुलुकले एक्स्पोमा भाग लिएका छन् जसबाट गत वर्षको एक्स्पो निकै सफल भएको देखिन्छ भन्दै चीनले निकै विशेष मञ्च प्रदान गरेबाट विकासोन्मुख मुलुकलाई भाग लिन प्रोत्साहित गरेको उल्लेख गर्नुभयो। हाल विश्वको आर्थिक अवस्थामा अनिश्चितता देखिनुका साथै संरक्षणवाद र व्यापारिक अवरोध पनि बढ्दै गएको सन्दर्भमा चीनको आयात एक्स्पोको आयोजना निकै महत्वपूर्ण र विकासोन्मुख मुलुकको लागि पनि निकै अर्थपूर्ण रहेको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु