फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी मुलुकले उपलब्धि पाउने:चिनियाँ परराष्ट्र मन्त्रालय

(GMT+08:00) 2019-11-04 18:25:55

        चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोले युरोपेली संघका सदस्य मुलुक र युरोपेली संघीय व्यवसायका लागि नयाँ व्यापारिक अवसर सिर्जना गर्नेमा युरोपेली संघले स्वागत गरेको छ। चीनका लागि युरोपेली संघीय प्रतिनिधि मण्डलले हालै वक्तव्य प्रकाशित गर्दै उक्त धारणा व्यक्त गरेको हो। साथै युरोपेली संघले चीनद्वारा सुधार तथा खुलापन नीतिलाई द्दढ कायम राख्दै आएकोमा स्वागत गरेको छ। यसप्रति चिनियाँ पररष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज चार तारिख नियमित पत्रकार सम्मेलनमा यस एक्स्पोमा भाग लिने युरोपेली मुलुक तथा व्यवसायले उपलब्धि पाउने चीनको विश्वास रहेको व्यक्त गर्नुभएको छ। उहाँका अनुसार चीनले चौतर्फी तथा प्रभावकारी रुपमा आफ्ना विभिन्न वचनवद्धतालाई वहन गर्दै जाने छ। चीन र युरोपेली संघ विश्वका दुईटा महत्वपूर्ण आर्थिक समूह र स्थिर शक्ति हुन्। यी दुबै पक्षले बहुपक्षीयतावाद तथा खुला विश्व अर्थतन्त्रको संरक्षण र संरक्षणवाद तथा एकपक्षीयतावादको विरोधको सम्बन्धमा व्यापक सहमति जुटाएका छन्। युरोपेली संघले चीनसँगसँगै पारस्परिक सम्मान र साझा फाइदाको भावनाका साथ निरन्तर रुपमा सहयोग विस्तार गर्नुका साथै विश्वका लागि अझ बढी स्थिरता र सकारात्मक शक्ति सिर्जना गर्दै जाने आशा चीनले गरेको छ।

जानकारी तथा लेखहरु