फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो सुरू

(GMT+08:00) 2019-11-05 10:40:24

दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो ५ तारिखदेखि शाङहाईमा सुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उद्घाटन समारोहलाई सम्बोधन गर्नुभएको छ।

यो एक्स्पोको मुख्य विषयवस्तु "नवीन युग, साझा भविष्य" भन्ने रहेको छ। विश्वव्यापी रूपमा पाँच महाद्वीपका करिब एक सय पचास मुलुक तथा क्षेत्रका तीन हजार भन्दा बढी व्यवसायले एक्स्पोमा प्रदर्शनी गरेका छन्। त्यसमध्ये नयाँ प्रदर्शित व्यवसायको संख्या एक तिहाईभन्दा बढी पुगेको छ। त्यसमध्ये व्यवसायको प्रदर्शनी क्षेत्रफलमध्ये अघिल्ला दश स्थान क्रमशः अमेरिका, जापान, जर्मनी, चिनियाँ हङकङ, दक्षिण कोरिया, इटाली, फ्रान्स, अस्ट्रेलिया, स्वीजल्याण्ड र बेलायतले ओगटेका छन्। विविध व्यवसायका करिब सात हजार जना विदेशी क्रेताहरूले एक्स्पोमा भाग लिएका छन्।

फ्रान्सका राष्ट्रपति, विश्व व्यापार संगठनका महाप्रबन्धक लगायत गन्यमान्य व्यक्तिहरू उद्घाटन समारोहमा उपस्थित हुनुहुन्छ।

जानकारी तथा लेखहरु