चीनले हाल "व्यापारको उच्च गुणस्तरीय विकासलाई अघि बढाउने निर्देशन प्रस्ताव"लाई सार्वजनिक गरेको छ। यस सन्दर्भमा चाइना मिडिया ग्रुपले टिप्पणीकारको नाउँ सहित "चीन सशक्त व्यापारिक मुलुकको निर्माण हुने दिशातर्फ अटल पाइला चाल्दै" शीर्षकमा एक लेख प्रकाशन गरेको छ।
सो लेखमा भनिएको छ: चीनले हाल सार्वजनिक गरेको उक्त प्रस्तावले चीनको व्यापारको उच्च गुणस्तरीय विकासलाई साकार तुल्याउनका लागि रोड म्याप बनाउनुका साथै ठूलो व्यापारिक मुलुकबाट सशक्त व्यापारिक मुलुकका रुपमा चीनको पहिचान स्थापित गराउनेछ।
उक्त प्रस्तावलाई सार्वजनिक गरिएपछि चीनको व्यापारिक बनौटलाई सम्भव भएसम्म सुधार गरिनुका साथै सीमा पार गरिने इलेक्टोनिक व्यापार र सेवागत व्यापार लगायतका कारोबारलाई मुख्यत: सहायता दिइने कुरा पनि सो लेखमा उल्लेख गरिएको छ।
चीनको व्यापार र अर्थतन्त्रको उच्च गुणस्तरीय र दिगो विकासलाई साकार तुल्याउने कुराबाट विश्व अर्थतन्त्रका लागि सकारात्मक शक्ति थपिने ठहर पनि उक्त लेखमा उल्लेख छ।