फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन्च्याङ समस्याको निहुँ खोजेर चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चीनद्बारा अमेरिकालाई चेतावनी

(GMT+08:00) 2019-12-04 16:48:24

अमेरिकी कंग्रेसले तथाकथित "युगुर मानव अधिकार नीति सम्बन्धी कानुनी मस्यौदा २०१९" पारित गर्दै चीनको सिन्च्याङको मानव अधिकार अवस्थालाई बदनाम गरी उग्रवादीलाई हटाउने र आतंकवादलाई प्रहार गर्ने चीनको प्रयासलाई बंग्गाएको र सिन्च्याङको शासन सम्बन्धी चीनको नीतिको आलोचना गरेको छ। अमेरिकाको त्यस कारवाही अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम विपरीत हुनुका साथै उक्त अमेरिकी कदमले चीनको आन्तरिक मामिलामा गम्भीर रुपमा हस्तक्षेप गरेको छ। चीनले त्यसप्रति निकै क्रोध व्यक्त गर्नुका साथै दृढताका साथ त्यसको विरोध गरेको छ।

चीनको अल्पसंख्यक जातीय क्षेत्रको आर्थिक, समाजिक र सांस्कृतिक विकास हुने उदाहरणको हैसियतले सिन्च्याङको विकास उपलब्धि केही अमेरिकीले मेटाउन सक्दैनन्। अमेरिकाले तत्काल आफ्नो गल्तीलाई सच्याएर उक्त कानुनी मस्यौदालाई रोक्नुका साथै सिन्च्याङ समस्याको निहुँ खोजेर चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कारवाही बन्द गर्न चीनले ताकिता गरेको छ।

जानकारी तथा लेखहरु