फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिनच्याङमा स्थिरता तथा समृद्धिबाट आतंकबादलाई पन्छाउँदै

(GMT+08:00) 2019-12-07 17:01:09
चिनियाँ मिडिया ग्रुपले डिसेम्बर ७ तारिख सिनच्याङमा 'स्थिरता तथा समृद्धिबाट आतंकबादलाई पन्छाउँदै' शीर्षकमा एउटा टिप्पणी लेख प्रकाशन गरेको छ।

हालै अमेरिकी तल्लो सदनले चीनमा भइरहेको आतंकबाद तथा उग्रबाद विरोधी काममा हिलो छ्यापिरहेको छ। तापनि सिनच्याङमा अमेरिकाले नदेखेको स्थिरता, सुरक्षा तथा समृद्ध विकास नै अमेरिकी झुटो कुराको विरोध गर्ने सबभन्दा शक्तिशाली प्रमाण हो। सिनच्याङ कार्डको प्रयोग गरेर चीनलाई नियन्त्रण गर्ने केही अमेरिकी राजनीतिज्ञहरूको कुचेष्टा विफल हुने कुरा सो टिप्पणी लेखमा उल्लेख गरिएको छ।

अन्तर्राष्ट्रिय क्षेत्रमा आतंकबाद विरोधी सफल अनुभवको आधारमा चीनले सिनच्याङ युगुर स्वायत्त प्रदेशमा आतंकबाद विरोधी निवारक कदमहरू चालेको छ। सिनच्याङको स्थानीय सरकारले व्यावसायिक शिप शिक्षा तथा तालिम केन्द्र स्थापना गर्नुपर्ने उद्देश्य आतंकबाद तथा उग्रबादबाट प्रभावित व्यक्तिहरूलाई बचाएर समाजमा उनीहरूलाई रोजगारी पाउने गरी सीप सिकाउनु रहेको छ। प्रभावकारी कदम चालेपछि हालआएर सिनच्याङमा ३ वर्षसम्म लगातार रूपमा हिंसात्मक वा आतंकबादी घटना देखा परेको छैन। चालु वर्षको अघिल्ला १० महिनामा सिनच्याङ भ्रमणमा रहेका चिनियाँ तथा विदेशी पर्यटकको कूल संख्या २० करोड भन्दा बढी पुगेको छ र गत वर्षको सोही अवधिको तुलनमा ४३ प्रतिशतले बृद्धि भएको छ। यो नै सिनच्याङ स्थिर तथा सुरक्षित भएको राम्रो प्रमाण हो।

सो लेखमा पुष्टि गरिएको छ कि बितेका ३० वर्षमा सिनच्याङको शहरी तथा ग्रामीण क्षेत्रका बासिन्दाहरूको हरेक व्यक्तिको आम्दानी सय गुणाले बृद्धि भएको छ। सन् २०१४ देखि २०१८ को अवधिमा सिनच्याङमा गरिब अवस्थाबाट मुक्त भएकाहरूको संख्या २३ लाख पुगेको छभने आउने वर्ष सिनच्याङ र चीनका अन्य ठाँउहरूसमेत एकैसाथमा गरिबि निवारण लक्ष्य पूरा हुँदैछ। समृद्ध तथा स्थिर सिनच्याङबाट २ करोड ५० लाख सिनच्याङबासीमा अझ ठूलो हित-कल्याण आउँदैछ । साथै सिनच्याङले आतंकबाद तथा उग्रबादलाई पन्छाएर भावी विकासको बाटोलाई उज्ज्वल पार्दै जाने छ।

जानकारी तथा लेखहरु